कार्यक्षेत्र बिस्तार सहित मर्चेन्ट बैंकको पुँजी ३ गुणा बढाइँदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 19, 2017 | 08:58:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरूको चुक्ता पुँजी ३ गुणासम्म बढाउने तयारी गरेको छ । बोर्डले मर्चेन्ट बैंकको कार्यक्षेत्र समेत विस्तार गर्दै पुँजी वृद्धि गर्न लागेको हो ।  

बोर्डले हाल ७ करोड रुपैयाँ चुक्ता पुँजी भएका मर्चेन्ट बैंकले सोही काम गर्नका लागि २० करोड रुपैयाँ पुँजी पु-याउनुपर्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार  निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ता (अण्डरराइटर), लगानी परामर्श, लगानी व्यवस्थापक र सेयर रजिष्ट्रारको काम गर्ने मर्चेन्ट बैंकरको चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्छ ।

यसअघि निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ता (अण्डरराइटर), लगानी व्यवस्थापक र सेयर रजिष्ट्रारको काम गर्ने मर्चेन्ट बैैंकरको चुक्ता पुँजी ७ करोड रुपैयाँ थियो ।नेपाल धितोपत्र बोर्डले गरेको प्रस्तावमा सकारात्मक रहेको मर्चेन्ट बैंकर एसोसिएसनका महासचिव मेखबहादुर थापाले बताए ।

मर्चेन्ट बैंकरको कार्यक्षेत्र पनि विस्तार हुने गरी पुँजी वृद्धि गर्न नमस्या नरहेको बताउदै थापाले भने, “हालकै काम गर्नका लागि पुँजी वढाउनु उपयुक्त छैन । तर, धितोपत्र बोर्डले प्रस्ताव गरेको एक वर्षको समयमा भने केही लचकता अपनाउनु पर्ने देखिन्छ ।” 

नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर नियमावली २०६४लाई समयसापेक्ष बनाइ  पुँजी वृद्धिको प्रस्ताव गरेको बोर्डका प्रवक्ता निरज गिरीले बताए । बोर्डले नियमावलीको मस्यौदा तयार गरी मर्चेन्ट बैंकहरूलाई नै छफलका लागि पठाएको गिरीले बताए ।

“मर्चेन्ट बैंकरको पुँजी मात्र नभै कार्यक्षेत्र पनि विस्तार गर्ने लागिएको हो,” गिरीले भने, “फन्डबेसको पनि काम गर्ने भएकाले पुँजी वढाउने तयारी गरिएको हो ।” मर्चेन्ट बैंकरले सर्वसाधारणको पुँजीसँग सम्बन्धित नै सेवा दिने भएकाले जोखिम पनि बढ्ने भएकाले पुँजी आवश्यक रहेको गिरीको तर्क छ । 

सामूहिक लगानी कोष सञ्चालन गर्ने मर्चेन्ट बैंकरको हाल चुक्ता पुँजी १० करोड रुपैयाँ हुनु पर्छ । तर, सामूहिक लगानी कोष सञ्चालन नगरी मर्चेन्ट बैंकरका सबै सेवा प्रदान गर्नेको चुक्ता पुँजी भने ७ करोड मात्र भए पुग्छ । हालको अवस्थामा सामूहिक लगानी कोष सञ्चालन गर्ने मर्चेन्ट बैंकरको चुक्ता पुँजी १० करोड पुगिसकेको छ ।

बोर्डले एक वर्षको समय दिइ निष्कासन तथा बिक्री प्रबन्धकको काम मात्र गर्ने मर्चेन्ट बैंकको चुक्ता पुँजी ५ करोड,  धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराइटर)को ७ करोड, शेयर रजिष्ट्रारको ३ करोड,  लगानी व्यवस्थापकको ५ करोड र लगानी परामर्श गर्नेको ३ करोड रुपैयाँ हुनुपर्ने प्रस्ताव गरेको छ । बोर्डले तयार गरेको मस्यौदामा यी सवै किसिमका मर्चेन्ट बैकिङ व्यवसाय गर्नका लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्छ । 

हाल मर्चेन्ट बैंकर नियमावली २०६४ अनुसार निष्कासन तथा बिक्री प्रबन्धक ३ करोड, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) ४ करोड, सेयर रजिष्ट्रारको एक करोड र लगानी व्यवस्थापकका लागि एक करोड रुपैयाँ मात्रै चुक्ता पुन्जी भए पुग्ने अवस्था छ । यी सबै किसिमका मर्चेन्ट बैंकिङ व्यवसाय गर्न न्युनतम चुक्ता पुँजी ७ करोड रुपैयाँ भए पुग्छ । -कारोबार दैनिकबाट 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved