एक्लो प्रयासमा ५५ घर बनाउने यी हुन् प्रचार नगरिएका ‘धुर्मुस’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 21, 2017 | 09:09:21 AM मा प्रकाशित

laxmi  sunrise bank

 गरे के सम्भव छैन भन्ने कथन चरितार्थ गर्दै धादिङ लापाका एक युवाले एक्लो प्रयासमा ५५ घरको नमुना बस्ती ठड्याएका छन् । ती युवा हुन्, दिनेश तामाङ ।

नमुना बस्ती निर्माणमा देशभर धुर्मुस–सुन्तलीको चर्चा चलिरहेका बेला दिनेशले पनि धादिङको ढोलामा नमुना बस्ती निर्माण गरे । सामाजिक संघ–संस्थासँग सहयोग जुटाएर उनले १६ महिनामा ५५ घर तयार पारेका हुन् ।

आलेगाउँमा २६ घर र भुवालेपानीमा २९ घरका दुई बस्ती उनले तयार पारेका छन् । ती घरमा ३ सय १० भूकम्पपीडित बस्न थालेका छन् ।ती घर जिल्लाको दुर्गममा पर्ने रुबीभ्याली गाउँपालिकाको कपुरगाउँका पीडितलाई हस्तान्तरण गरिएको हो । गाउँको चारैतिर पहिरो झरेर बस्न नसक्ने भएपछि उनीहरु विस्थापित भएर आलेगाउँ र भुवालेपानीमा त्रिपालमुनि बस्नै आएका थिए । नागरिक दैनिकमा खबर छ।

क्यानडास्थित चाइल्ड हेभन इन्टरनेशनल क्यानडा–नेपालले ३८ रोपनी घडेरी किन्न २९ लाख रुपैयाँ सहयोग गरेपछि शिविर बसेकै जग्गा किनेर बस्ती निर्माण सुरु गरिएको तामाङले बताए ।प्रतिघर निर्माणका लागि १४ लाख खर्च भएको छ । प्रत्येक विस्थापितले घर बनाउन झन्डै ४ लाखको श्रमदान गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved