छारे रोगको औषधिबारे नयाँ खुलासा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 21, 2017 | 09:43:34 AM मा प्रकाशित

laxmi  sunrise bank

छारेरोग र बाइपोलर डीसअर्डर भनिने मानसिक रोगको उपचारमा प्रयोग गरिएको औषधिले चार हजार भन्दा बढी बालबालिकामा गम्भीर असरहरु परेको फ्रान्समा गरिएको एक प्रारम्भिक अध्ययनले देखाएको छ।

फ्रान्सको औषधि सुरक्षा सम्बन्धी राष्ट्रिय निकायले 'भालप्रोएट' भनिने औषधि खुवाइएका गर्भवती महिलाले स्वस्थ र सबल बालबालिका जन्माउने दर निकै कम पाइएको सो अध्ययनको निश्कर्ष छ।'भालप्रोएट' भनिने औषधि सन् १९६७ देखि फ्रान्समा खुवाउन थालिएको थियो।

त्यसपछि छारेरोग र बाइपोलर डीसअर्डर भनिने मानसिक रोगको उपचारको निम्ति सो औषधि संसार भरी नै दिन थालिएको हो।पछिल्लो अध्ययनपछि फ्रान्सका चिकित्सकहरुलाई सो औषधि बच्चा पाउने उमेरका महिला र गर्भवती महिलालाई नदिन सल्लाह दिन थालिएको बताइएको छ।

वाधा

प्रारम्भिक अध्ययनले देखाएअनुसार सो औषधिका कारण ४१ सय नवजात शिशुको शारीरिक विकासमा वाधा पुगेको पाइएको छ।'भालप्रोएट' नामक औषधि दिएर उपचार गरिएका आमाहरुले शारीरिक अवस्था ठीक नभएको शिशु जन्माउने सम्भावना चार गुणाले बढेको सो अध्ययनको क्रममा पाइएको बताइएको छ।

सो औषधिका कारण प्रभावित बिरामी र निर्माता कम्पनी सानोफीले औषधिका नकारात्मक असरबारे बेलैमा सार्वजनिक रुपमा चेतावनी दिन नसकेको ठानिएको छ।'भालप्रोएट'को नकारात्मक असर पहिलो पटक सन् १९८० को दशकमा देखिएको बताइएको छ।-बिबिसी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved