नेपाल र चीनको सैन्य अभ्यासमा भारत बाधक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 22, 2017 | 09:49:00 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपाललाई दिएको कडा दबाबका कारण नेपाल र चीनबीच जारी संयुक्त सैन्य अभ्यास सानो आकारमा खुच्याउन बाध्य हुनुपरेको चीनले जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा नेपाल र चीनबीच सुरुमा बटालियन तहमा संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेपनि भारतले नेपाललाई दिएको दबाबका कारण सानो आकारमा अभ्यास गर्नुपरेको जनाइएको छ ।

नेपाली सेनाले सानो आकारको चीनसँग संयुक्त सैन्य तालिम भइरहेको जनाउँदै उक्त अभ्यासमा कति जना चिनियाँ र नेपाली सैनिक सहभागी छन् समेत खुलाउन नचाहेका बेला चिनियाँ प्रतिक्रिया आएको हो ।

 भारतले नेपाललाई दिएको दबाबकै कारण संयुक्त सैन्य अभ्यास नेपाली सेनाको प्यारा तालिम केन्द्र काठमाडौंमा आयोजना गर्नुपर्ने अवस्था आएको उक्त लेखमा उल्लेख छ । यति सानो खालको सैन्य अभ्यासलाई पनि भारतीय सुरक्षा रणनीतिका विश्लेषक र मिडियाले अनावश्यक चासो दिएको लेखमा उल्लेख छ ।

 ‘एक मित्रवत् छिमेकीका नाताले नेपालसँग सैन्य अभ्यास गर्नु चीनका लागि सामान्य घटना हो’ लेखमा भनिएको छ ‘यस खालका सैन्य अभ्यास विश्वमा धेरै देशबीच हुने गर्छन् । जस्तो कि भारत र चीनबीच पनि यसखालको सैन्य अभ्यास हुने गरेका छन् ।’

 दक्षिण एसिया आतंकवादबाट ग्रस्त क्षेत्र रहेकाले पनि यस खालका अभ्यास क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण रहेको चिनियाँ बुझाई छ। नेपाल र चीनबीच हालैका दिनमा निकट आर्थिक सम्बन्ध रहेको र नेपालले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहभागी हुन चाहेको र त्यसका लागि क्षेत्रीय स्थिरता आवश्यक रहेको सन्दर्भमा यो सैन्य अभ्यास भएको लेखमा उल्लेख छ ।

 नेपालमा दुई बर्षअघि गएको विनाशकारी भूकम्पमा व्यापक क्षति व्यहोरेको र त्यसपछिको राहत वितरणमा चीनको सहयोगले गहिरो छाप छाडेको सन्दर्भ उल्लेख छ। नेपाल भूकम्पबाट उच्च जोखिममा रहेको तथा अन्य खालका दैवी प्रकोप भइरहने अवस्था रहेको लेखमा उल्लेख छ ।

 नेपाल र चीनबीच जारी सैन्य अभ्यासबाट एक अर्काले विपत्तिको समयमा कसरी प्राबिधिक रुपमा काम गर्ने भन्ने अनुभव सिक्ने मौका पाएको लेखमा जनाइएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved