पैदलयात्रुका लागि के गर्दैछ ट्राफिक ?: हर्न निषेधपछि यात्रुमा केन्द्रित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 22, 2017 | 10:10:40 AM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय ट्राफिक प्रहरी कार्यालयले पैदलयात्रीका लागि १५ वैशाखदेखि जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयमा सरोकारवालासँग शुक्रबार अन्तक्र्रिया गर्दै यस्तो निर्णय गरेको हो । पैदलयात्रीका लागि जेब्रा क्रसिङ तथा आकाशेपुल प्रयोग र सडकमा हिँड्नेलगायतका विषयमा आममानिसलाई जनचेतना दिई सचेत बनाउन कार्यक्रम गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेले बताए । नियम लागू गर्नुअगावै व्यापक रूपमा जनचेतना दिई सबैलाई सचेत गराएर ट्राफिक प्रहरीको अभियान सफल बनाउन यस्ता कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । 


के–के सिकाइँदै छ ?

१५ वैशाखदेखि बिहान ९ देखि ११ बजेसम्म २ घन्टा र अपराह्न ४ देखि ६ बजेसम्म गरी दुई घन्टा सडक तथा फुटपाथमा हिँड्ने पैदलयात्री र सडक जथाभावी पार गर्दा हुने असरबारे जनचेतना दिइनेछ । सुरुमा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको सहभागितामा जनचेता अभियान सञ्चालन गर्ने निर्णय गरिएको डिआइजी मिङमार लामाले बताए । उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउन सफलता पाएपछि पैदलयात्रीका लागि नियम लागू गर्न लागिएको ट्राफिक प्रहरीको भनाइ छ ।


पैदलयात्रीका लागि लागू गर्न लागिएको नियम सफल भएपछि उपत्यकामा दुर्घटना कम हुने विश्वास लिइएको डिआइजी लामाले बताए । अभियानलाई सफल बनाउन १५ वैशाखदेखि नै जनचेतनामूलक कार्यक्रम गर्न लागिएको ट्राफिक प्रहरीले जनाएको आजको नयाँ पत्रिकामा खबर छ ।


बैठकमा महानगरीय ट्राफिक प्रहरीका अधिकृतहरू तथा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरूको सहभागिता रहेको थियो । महानगरी ट्राफिक प्रहरी कार्यालयले वैशाखको अन्तिमदेखि पैदलयात्रीका लागि पनि ट्राफिक नियम लागू गर्न तयारी गरेको छ । उपत्यका ट्राफिक नियम लागू भएपछि पैदलयात्रुले पनि तोकिएको ठाउँबाट मात्र हिँड्न पाउनेछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved