दशगजा क्षेत्र मिचेर भारतले लगायो तारबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 24, 2017 | 07:38:40 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय पक्षले इलामको पहिलेको पशुपतीनगर-४ फाटक, हालको सुर्योदय नगरपालिका-२ र राङवाङ ग्राम पञ्चायतको बीचमा रहेको दशगजा क्षेत्रमा ‘गुम्बा मर्मत’ गर्ने भन्दै पक्कि निमार्णको काम अन्तिम चरणमा पुगेको बेलामा पशुपती नगरकै अर्को स्थानमा सिमा मिचेर भारतीय पक्षले घेराबारा गर्ने तयारी गरेको छ ।

सिमा प्रशासन कार्यालय पशुपतीनगरका प्रमुख मोहन पनेरुले दशगजामा घरबारा रोकन माग गरेपनि भारतीय पक्षले लिखित पत्रको माग गरेको जानकारी दिए । उनले दशगजनामा घराबारा शुरु गरेपछि काम रोक्न एसएसवीको स्थानीय प्रमुखलाई आग्रह गरेको बताए । भारतीय पक्षले पत्र नपाए सम्म काम नरोक्ने जवाफ दिएको उनले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ । 

पहिलेको पशुपतिनगर ५मा पर्ने हालको सुर्योदय नगरपालिका २ मा पर्ने टासीगाउँमा रहेको एसएसवीले सो स्थानमा रहेको नेपाली भुमि मिचेर तारवारा गर्नलागेको सांसद लिलादेवि श्रेष्ठले बताए । श्रेष्ठका अनुसार भारतीय पक्षले दशगजा क्षेत्र मिचेर आठ दशवटा पिल्लरका लागि खाडल खन्ने काम गरेका छन्।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved