त्रिविका सात विषयमा १० भन्दा कम विद्यार्थी, विषय नै खारेज हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 08:04:20 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालयका ठूला भनेर चिनिएका आंगिक क्याम्पसमा विभिन्न विषयमा १० जना पनि विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छैनन् । स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएका क्याम्पसमा त्रिविले यो वर्ष त्यस्ता विषय पढाउन बन्देज लगाउँदै छ ।

यस वर्षदेखि उपत्यकाका सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएपछि लिइएको प्रवेश परीक्षामा विद्यार्थीको खडेरी देखिएको हो । कतिपय केन्द्रीय विभागमा एकदमै न्यून विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम भएका क्याम्पसका विद्यार्थी अन्यत्र लगेर कार्यक्रम बन्द गरिने बताए ।

त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले गत शुक्रबार लिएको प्रवेश परीक्षामा केन्द्रीय विभाग र केही ठूला क्याम्पसका विषयमा समेत विद्यार्थीको खडेरी लागेको हो । नेपाली, मानवशास्त्र, जनसंख्या र अंग्रेजी विषयमा केही क्याम्पसमा विद्यार्थी संकट देखिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन प्रा.डा.राजकुमार पोखरेलले १० जनाभन्दा कम विद्यार्थी भएका विषयमा के गर्ने भन्ने विषयमा डिन कार्यालयले केही दिनमा निर्णय गर्ने बताए ।

तीन विभागमा १० भन्दा कम विद्यार्थी 

त्रिवि मानविकी संकायमा तीनवटा केन्द्रीय विभागमा पनि १० जनाभन्दा कम विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन् । इतिहास केन्द्रीय विभागमा तीन, हिन्दीमा चार र संस्कृत केन्द्रीय विभागमा सातजना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।


धेरै विद्यार्थी हुने पाँच विषय

मानविकी संकायका उपत्यकाका आंगिक क्याम्पसमा सबैभन्दा बढी विद्यार्थी समाजशास्त्रमा रहेको पाइएको छ । त्रिविको मानविकी डिन कार्यालयका अनुसार समाजशास्त्रमा सबैभन्दा बढी ६ सय ९८ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्यसैगरी, अंग्रेजी विषय अध्ययनका लागि केन्द्रीय विभागसहित उपत्यकाका आंगिक क्याम्पसका लागि पाँच सय ३०, अर्थशास्त्रमा तीन सय ९९, ग्रामीण विकासका लागि तीन सय ४७ र होम साइन्समा दुई सय ३४ जनाले प्रवेश परीक्षा दिएका छन् ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम हुने कलेजमा विषय नरहने बताए । एक–दुई विद्यार्थीलाई छुट्टै कक्षा, शिक्षक, पूर्वाधारलगायतका सुविधा चाहिने र त्यो खर्चिलो हुने भएकाले थोरै विषय भएकालाई समायोजन गरिने बताए । सेमेस्टर प्रणालीमा विद्यार्थीले पढाइलाई धेरै प्राथमिकता दिनुपर्ने भएकाले व्यवस्थित बनाउनुपरेको उनले बताए । थोरै विद्यार्थी भएर त्यो विषय नै बन्द हुने कलेजका शिक्षक पनि आवश्यकताअनुसार विद्यार्थी भएका कलेजमा पठाइने उनको भनाइ छ । केही क्याम्पसमा कुनै विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको डिन भुसालले बताए ।

धेरै विद्यार्थी हुने पाँच विषय

मानविकी संकायका उपत्यकाका आंगिक क्याम्पसमा सबैभन्दा बढी विद्यार्थी समाजशास्त्रमा छन् । त्रिविको मानविकी डिन कार्यालयका अनुसार समाजशास्त्रमा सबैभन्दा बढी ६९८ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । अंग्रेजी विषय अध्ययनका लागि केन्द्रीय विभागसहित उपत्यकाका आंगिक क्याम्पसमा ५३०, अर्थशास्त्रमा ३९९, ग्रामीण विकासमा ३४७ र होम साइन्समा २३४ जनाले प्रवेश परीक्षा दिएका छन् ।


त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम हुने कलेजमा विषय नरहने बताए । 


कुन क्याम्पसमा कुन विषयमा कति विद्यार्थीले प्रवेश परीक्षा दिए ?


नेपाली

सरस्वती क्याम्पस १ विद्यार्थी

त्रिचन्द्र क्याम्पस २ विद्यार्थी

पाटन क्याम्पस ३ विद्यार्थी

भक्तपुर क्याम्पस ६ विद्यार्थी


जनसंख्या

पाटन क्याम्पस ३ विद्यार्थी

रत्न राज्य क्याम्पस ६ विद्यार्थी

मानवशास्त्र

पद्मकन्या क्याम्पस ३ विद्यार्थी


अंग्रेजी 

सरस्वती क्याम्पस ५ विद्यार्थी

केन्द्रीय विभागहरू 

इतिहास ३ विद्यार्थी

हिन्दी ४ विद्यार्थी

संस्कृत ७ विद्यार्थी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved