जग्गा एकीकरण गरी जग्गा विकासको माध्यमबाट निर्माण गर्न लागिउको बाहिरी चक्रपथको काम लामो समयपछि अघि बढेको छ ।
चोभार – गाम्चा – सतुंगल खण्डको ६.६ किलोमिटर सडक निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएसँगै १३ बर्षदेखि रोकिएको काम अघि बढेको हो । आजको कारोबारमा खबर छ।
चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटर सडक पाइलट प्रोजेक्टका रुपमा अघि बढाउन सहरी विकास मन्त्रालयले डीपीआर स्वीकृत गरेको मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले जानकारी दिए ।