दु्ई चरणमा मतदान हुँदा मतगणना कसरी ? यस्तो छ आयोगको तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 27, 2017 | 07:50:19 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले स्थानीय तहको प्रथम चरणको निर्वाचन सकिनासाथ मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ । सरकारले पहिलो चरणमा ३१ वैशाखमा प्रदेश नम्बर ३, ४ र ६ र दोस्रो चरणमा ३१ जेठमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन गर्ने निर्णय गरेको छ । दुवै चरणको निर्वाचन सकिएपछि मात्रै मतगणना गर्ने कि पहिलो चरणको निर्वाचन सकिएलगत्तै भन्ने अन्योल भइरहेका वेला आयोगले यस्तो निर्णय लिएको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले ३१ वैशाखमा प्रथम चरणको निर्वाचन सकिनासाथ मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए । प्रथम चरणको निर्वाचनको नतिजाले दोस्रो चरणको निर्वाचनलाई असर पर्न सक्ने भन्दै विभिन्न राजनीतिक दलले दुवै तहको निर्वाचन सम्पन्न भएपछि मतगणना गर्नुपर्ने बताउँदै आएका छन् । तर, आयोगले प्रथम चरणको निर्वाचनको मतपरिणामका लागि दोस्रो चरणको निर्वाचन कुर्न नसकिने स्पष्ट पारेको छ ।

‘प्रथम चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन आउन एक महिना बाँकी रहने भएकाले एक महिनासम्म मतपेटिकाको सुरक्षा गरेर राख्ने काम निकै कठिन र जोखिमपूर्ण हुन सक्छ । त्यसैले पनि तत्काल मतगणना गर्ने निर्णय भएको हो,’ प्रवक्ता शर्माले भने । आयोग स्रोतका अनुसार यसअघिका स्थानीय तहको निर्वाचन दुई चरणमा भए पनि यति लामो अन्तरमा भएको थिएन । बढीमा सातदेखि १० दिनसम्मको अन्तरमा मात्रै दुई चरणमा निर्वाचन हुँदै आएका थिए ।

आचारसंहिता यथावत्

निर्वाचन आयोगले दुवै चरणमा हुने निर्वाचनका लागि लागू गरिएको आचारसंहिता यथावत् रहेको स्पष्ट पारेको छ । आयोगले ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनका लागि पनि हाल लागू गरिएको आचारसंहिता यथावत् राखिएको जनाएको हो । आयोगका प्रवक्ता सहसचिव शर्माले निर्वाचनका लागि आचारसंहिता स्थगित नगरिएको बताए । ‘निर्वाचन आचारसंहिता अब ३१ जेठसम्मै रहन्छ,’ शर्माले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved