प्रधानमन्त्रीलाई ओलीका चार प्रश्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 27, 2017 | 07:52:39 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार साँझ बालुवाटारमा सम्पन्न पाँच दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले चार प्रश्न सोधेका छन् । 


१. दुई चरणमा निर्वाचन किन ?

कांग्रेस, माओवादीकै सहमतिका आधारमा ३१ वैशाखको मिति घोषणा भएको थियो, देउवाजीले त अझै एकै चरणमा निर्वाचन गराउने अडानै लिनुभएको थियो, अनि तपाईंहरूले नै निर्वाचनको मिति घोषणा गर्नुभएको थियो, हामीले घोषणा गरेको त होइन ? यो निर्वाचन नै नगर्ने सोच त होइन ?


२. बजेटपछि निर्वाचन कसरी ?

बजेट वक्तव्यपछि निर्वाचन गर्ने कुरा आचारसंहिताविपरीत हुन्छ । निर्वाचनलाई प्रभावित गर्न यस्तो षड्यन्त्र भएको हो । यसमा हाम्रो सहयोग हुनेछैन ।


३. परिमार्जन क–कसको सहमतिमा ल्याइयो ?

संसद्मा ल्याएको पछिल्ला संशोधन प्रस्ताव क–कससँग छलफल गरेर ल्याइयो ? यसमा पनि मोर्चाले अझै नमानेको कुरा बाहिर आइरहेको छ । अनि यसलाई हामीले कसरी बुझ्ने ? नयाँ पत्रिका दैनिकमा खबर छ ।


४. स्थानीय तहको संख्या किन थप्ने ?

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनविपरीत जथाभावी संख्या किन थप गर्ने ? मोर्चाले भन्यो भन्दैमा जे पनि गर्दै हिँड्ने ? १४ गतेभित्र सिमाना र संख्या परिमार्जन गर्न पत्राचार गर्नुभएछ, निर्वाचनको वेला मतदाता परिचयपत्र हेरफेर गर्न कहाँ मिल्छ ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved