प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधिशको कार्यालयले बल्ल तिरे पानीको बिल, राष्ट्रपति कार्यालयले अझै टेरेन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 27, 2017 | 08:42:08 AM मा प्रकाशित

laxmi  sunrise bank

पटकपटकको ताकेता पछि ठूलाबडाले पानीको बक्यौता तिरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई लामो समयसम्म पानीको बिल नतिरेपछि तालुकदार निकाय खानेपानी तथा सरसफाई मन्त्रालयले पत्रै काटेर ताकेता गरेपछि बक्यौता तिरेका हुन् ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटरले वैशाख १० गतेसम्मको पानी बक्यौता रकम २९ लाख २६ हजार एक सय ३० रुपैंया तिरेको छ । त्यसैगरि प्रधानन्यायाधीश निवास बालुवाटारले १५ लाख ६२ हजार रुपैंया, सभामुख निवासले पाँच लाख ५८ हजार रुपैंया, मन्त्री क्वाटर पुल्चोकले ५१ लाख ९८ हजार रुपैंया केयुकेएललाई तिरेको छ । अख्तियारले यसअघि नै ४७ हजार सात सय ३४ रुपैंया तिरेको थियो ।

खानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीले ठूला तालुकदार निकायले नै पानीको बक्यौता रकम नतिरेपछि अन्यले कसरी तिर्छन् भनेर मन्त्रीपरिषद्को वैठकमै कुरा उठाएका थिए ।

राष्ट्रपति कार्यालयले भने अझै बक्यौता रकम बुझाएको छैन । मन्त्रालयका अनुसार राष्ट्रपति कार्यालयको पानी बक्यौता रकम एक करोड ४४ लाख ४६ हजार ६ सय ३६ रुपैंया छ । राष्ट्रपति कार्यालयसँगै अन्य मन्त्रालय र कार्यालयले केयूकेएललाई ४२ करोड ३१ लाख ९९ हजार दुई सय ४३ रुपैंया पानीको बक्यौता तिर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच केयुकेएलले पानीको बिल तिर्ने र नतिर्ने कार्यालयहरुको लगत राख्न अध्याधुनिक काउन्टर सञ्चालनमा ल्याएको छ । केयुकेएललाई प्रविधिमैत्री बनाउन मन्त्रालयको पहलमा १० वटा शाखा मध्ये ६ वटामा विद्युतीय काउन्टर सुरु गरेको हो ।

जसअनुसार बानेश्वर, त्रिपुरेश्वर, महाराजगंज, भक्तपुरको जगाति र ललितपुरको शाखाबाट विद्युतीय प्रविधिमार्फत पानीको बिल लिने कार्य सुरु भएको मन्त्रालयले जनाएको छ । यी शाखाले अब महशुलसँगै लेखासम्बन्धी काम र गुनासालगायतका विषयहरु कम्यूटरमै अभिलेख राखेर कार्यसम्पादन गर्नेछन् ।

मन्त्री शाहीका अनुसार पहिलो चरणमा यी शाखाबाट यो प्रविधि सुरु गरिएपनि दोस्रो चरणमा बाँकि रहेका कमलादी शाखा ,क्षेत्रपाटी शाखा ,महांकाल चौर शाखा र मध्यपुर ठिमी शाखामा लागू गरिने छ। ‘

केयुकेएललाई प्रविधिमैत्री सँगै पेपरलेस बनाउन यो कार्यको थालनी गरिएको हो, सुरुमा ६ वाट सुरु गरिएपनि केही दिनमै थप चारवटालाई प्रविधि मैत्री बनाईन्छ, यसले सेवाग्रहीको काम छिटो र विश्वस्नीय हुने विश्वास गरेको छु, मन्त्री शाहीले भने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved