दुईतिहाइ पुग्ने संकेत देखेपछि मोर्चा लचिलो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 28, 2017 | 08:36:35 AM मा प्रकाशित

सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्याउन कसरत थालेको छ । यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए ।

‘सबै पक्षसँग छलफल भइरहेको छ, सकारात्मक वातावरण निर्माण हुँदै गइरहेको छ,’ मन्त्री नायकले भने, ‘सरकारलाई विश्वास छ, संविधान संशोधन दुईतिहाइ बढी मतले नै पारित हुन्छ ।’

संसदमा अहिले कुल ५ सय ९३ सांसद छन् । संविधान संशोधन विधेयक पारित हुन सरकारलाई ३ सय ९६ मत आवश्यक पर्छ । तर, सत्तारुढ गठबन्धनले आवश्यकभन्दा दुई मत बढी भएको दाबी गर्दै संविधान संशोधन हुनेमा ढुक्क हुन मधेसी मोर्चालाई अनुरोध गरेको छ ।

 प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासहित संघीय गठबन्धनका नेताहरूलाई प्रतिपक्षी एमालेसहितको सहमतिका आधारमा स्थानीय तहको संख्या थप हुने विश्वास दिलाएका छन् । प्रधानमन्त्रीले बिहीबार बालुवाटार बोलाएर संख्या पुनरावलोकनको विषय फिर्ता नलिएको प्रस्ट्याएपछि मोर्चाका नेताहरू विश्वस्त बनेका छन् । नयाँ पत्रिका खबर छ ।

‘उहाँहरूलाई सरकारले स्थानीय तहको संख्या पुनरावलोकन गर्ने विषय नै फिर्ता लिएको हो कि भन्ने आशंका रहेछ,’ बालुवाटार बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले भने, ‘प्रधानमन्त्रीले एमालेसहितको सहमतिमा मापदण्ड बनाएर निर्णयमा पुगिने बताएपछि उहाँहरू विश्वस्त हुनुभयो ।’

स्थानीय तहको संख्या थप गर्न स्थानीय विकास मन्त्रालयले तराईका ११ जिल्लामा पठाएको परिपत्र फिर्ता लिने सरकारको निर्णयपछि भड्किएका मोर्चाका नेताहरू प्रधानमन्त्रीले भेटेपछि मत्थर भएका हुन् । एमालेले गरेको संसद्को अवरोध हटाउने क्रममा सरकारले २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा गरेको परिपत्र फिर्ता लिने सहमति गरेपछि मोर्चाका नेताहरू बिच्किएका थिए ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved