प्रहरीको संरक्षणमा बम : एसपीको भान्सामा पुग्छ माछा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 29, 2017 | 07:33:47 AM मा प्रकाशित

रौदी नदीमा अवैध रुपमा बम पड्काएर, करेन्ट लगाएर माछा मार्ने क्रम रोकिएको छैन ।स्थानीय तहको निर्वाचनमा ध्यानमा राखी प्रशासनले हतियार बुझाउन भनेपनि नदीमा बम पड्काउन नरोकिँदा प्रहरीकै मिलेमतोमा हुन सक्ने भन्दै स्थानीयले आरोप लगाएका छन् ।

गोरखा १३ आसपास नदी क्षेत्रमा युवाले दिनहुँ बम पड्काउने गरेको स्थानीयले बताएका छन् । प्रहरीकै संरक्षणमा खोलामा बम र करेन्ट लगाएर मारिएको माछा स्थानीय प्रहरी चौकी हुँदै प्रहरी प्रमुख एसपी जनकराज पाण्डेय र प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको भान्सामा समेत पुग्ने गरेको स्रोतको दाबी छ ।‘प्रहरीलाई माछा बुझाएपछि करेन्ट लगाउन र बम पड्काउन पाइन्छ’ माछा मार्न संलग्नमध्ये एक युवकले भने । कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved