जहाँ खानेपानी पाइपबाट दूध झर्छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 29, 2017 | 07:43:47 AM मा प्रकाशित

laxmi  sunrise bank

 खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटीखोलमा २० एमएमको प्लाष्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ ।

पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध गोटीखेल बजारमा पाँच मिनेटमै झर्छ । ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलका अनुसार गोटीखेलमा मात्रै होइन, बखेल, इकुडोलमा पनि पाइपबाट दूध संकलन हुने गरेको छ ।

गोटीखेलमा सुख्खा मौसममा कम दूध आए पनि वर्षा र हिउँदा भने दैनिक सात सय लिटरसम्म दूध संकलन हुने गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved