डिआइजी सिलवालका कागजात नक्कली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 29, 2017 | 07:54:18 AM मा प्रकाशित

laxmi  sunrise bank

डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको निष्कर्ष प्रहरी छानविन समितिले निकालेको छ ।

महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिदै सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटसंगै पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको छानविन समितिको ठहर छ ।

सरकारले कार्यसम्पादन मूल्यांकनमा अर्यालको १ सय ५४ दरमलव २ र सिलवालको १ सय ५२ दशमलव ४६ अंक आएको भन्दै अर्याललाई सरकारले चैत २८ मा आइजीपी नियुक्त गरेको थियो ।

२९ गते सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकन ‘छेडछाड’ गरेर अर्याललाई बढी नम्बर दिइएको दाबीसहित सर्वोच्चमा रिट हालेका थिए । नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved