डाक्टरलाई नयाँ आचारसंहिता, उपहार लिए दर्ता खारेज हुन सक्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 29, 2017 | 08:00:14 AM मा प्रकाशित

laxmi  sunrise bank

डाक्टरले औषधि कम्पनीलगायत पक्षबाट व्यापारिक हित साध्ने गरी नगद वा अन्य उपहार लिएको प्रमाणित भए उनीहरूको दर्ता अनुमति नै खारेज हुने व्यवस्थासहित आचारसंहिता लागू हुँदै छ । डाक्टरले के लिने, नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्नेलगायत पक्ष समेटेर मेडिकल काउन्सिलले तयार पारेको आचारसंहिता– २०७३ बिहीबार स्वास्थ्य मन्त्रालय पुगेको छ ।

स्वास्थ्यमन्त्रीले प्रमाणीकरण गरेपछि आचारसंहिता लागू हुने कानुनी प्रावधान छ । स्वास्थ्यमन्त्री गगन थापाका कानुनी सल्लाहकार एवं आचारसंहिता मस्यौदा समितिका सदस्य राजु कटुवालका अनुसार शुक्रबार वा शनिबारसम्म यो आचारसंहिता लागू हुनेछ । नयाँ प्रावधानअनुसार आचारसंहिता उल्लंघन गर्ने डाक्टरको दर्ता खारेजसमेत हुन सक्छ ।

डाक्टरले औषधिलगायत कम्पनीबाट कुनै पनि बहानामा व्यक्तिगत, पारिवारिक प्रयोजनका लागि आर्थिक वा अन्य उपहार स्वीकार गर्नु आचारसंहिताविपरीत मानिनेछ । तर, बिरामीको हितमा योगदान गर्ने किताबहरू उपहारका रूपमा स्वीकार गर्न भने सक्नेछन् । विभिन्न कम्पनीले आफ्नो व्यापारिक फाइदाका लागि विभिन्न मुलुकमा डाक्टरहरूलाई घुमाउने प्रवृत्तिलाई समेत आचारसंहिताले निरुत्साहित गरेको उल्लेख गर्दै कटुवालले यस्तै क्रियाकलापले औषधिको मूल्यवृद्घि भइरहेको बताए ।

सम्मेलन वा अन्य प्राज्ञिक क्रियाकलाप पनि व्यक्तिगत नभई कुनै उपयुक्त च्यानलमार्फत प्रायोजन गर्नुपर्ने संहितामा उल्लेख छ । त्यस्तो प्रायोजन (औषधि र चिकित्सा सामग्री उत्पादन गर्ने कम्पनी) को अन्तिम लक्ष्य भने बिरामीको हितमा निर्देशित हुनुपर्ने व्यवस्था छ । डाक्टरले यस्ता प्रायोजनबारे आफू कार्यरत संस्था, विभागसमक्ष जानकारी दिनुपर्नेछ । यसबारे स्पष्टीकरण माग गर्ने अधिकार मेडिकल काउन्सिलमा रहनेछ । 

काउन्सिलले माग गर्दा वा आवश्यक पर्दा सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउनु डाक्टरको कर्तव्य हुने आचारसंहितामा उल्लेख छ ।

डाक्टरले कुनै व्यक्ति वा संस्था अर्थात् फर्मास्युटिकल, चिकित्सा सामग्री उत्पादन, रोग निदान गर्ने प्रयोगशाला, अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र, शृंगार केन्द्रलगायत संस्थासँग आर्थिक वा अन्य प्रलोभनमा सिफारिस गरेको बिरामीलाई परामर्श, जाँच वा उपचारका लागि लिने वा दिने काममा आचारसंहिताले प्रतिबन्ध लगाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved