बाटो काट्दै हुनुहुन्छ ? होस गर्नुस्, समय र पैसा बर्बाद होला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 29, 2017 | 08:28:45 AM मा प्रकाशित

laxmi  sunrise bank

तपाईं सडकमा जथाभाबी बाटो काट्दै हुनुहुन्छ ? होस गर्नुस्, ट्राफिक प्रहरीले केहीबेर नियन्त्रणमा लिएर दुई सय जरिबाना तिराउने तयारी गरेको छ । पैदलयात्रीमा नजिकै जेब्राक्रसिङ र आकासे पुल छँदाछँदै पनि सडकमा हातले इसारा गरेर बाटो काट्ने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरी कडा रूपमा उत्रन लागेको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पैदलयात्रु सुरक्षा कार्यक्रम’ सामुदायिक प्रहरी केन्द्र र ट्राफिक प्रहरीलाई पहिलो चरणमा जनचेतना अभिवृद्धि गराउने काम थालिसकेको छ । जेठ पहिलो साताबाट भने कारबाहीमा उत्रने जानकारी महाशाखा प्रमुख डीआईजी मिङ्मार लामाले दिए।

सडक प्रयोगकर्तामा अलिकति पनि अनुशासन नभएको विश्लेषण गर्दै महाशाखाले चेतनामूलक कार्यक्रमलाई तीव्रता दिने भएको छ । महाशाखाका अनुसार जेब्राक्रसिङबाट बाटो काट्न लागेको देख्दादेख्दै पनि चालकले किचुँलाझैं तीव्र गतिमा सवारी हाँक्दा दुर्घटना जोखिम बढेको छ ।

फुटपाथमा हिँड्नुपर्ने पैदलयात्रु सकभर सडकबाटै हिँड्ने र जथाभाबी बाटो काट्ने प्रवृत्तिले दुर्घटना हुने गरेको बुझाइ महाशाखाको छ । डीआईजी लामाका अनुसार उपत्यकामा महिनामा कम्तीमा पाँचजना पैदलयात्रीको मृत्यु हुने गरेको छ । तथ्यांकअनुसार सबैभन्दा बढी मोटरसाइकल र स्कुटी दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘सडक प्रयोगकर्तामा सडक कसरी प्रयोग गर्ने भन्ने कत्ति पनि जानकारी नभएको हो कि बुझ पचाएको हो बुझ्नै गाह्रो भो । दैनिक हजारभन्दा बढीलाई कारबाही गर्दा पनि नियम मिच्न छाडेका छैनन् । अब अलि कडाइसाथ जाने योजनामा छु’, डीआईजी लामाले भने, ‘पैदलयात्री र सवारी हाँक्ने चालकले नियम मानिदिने हो भने दुर्घटना न्यून हुन्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved