सरकारलाई एमालेको तीन सर्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 30, 2017 | 07:37:49 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल एमालेले तीन सर्त पूरा गरे बजेटअघि गर्नेगरी स्थानीय तहको चुनाव मिति सार्न सकिने निष्कर्ष निकालेको छ । स्थायी कमिटीको शनिबारको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि एमालेका एक नेताले भने सहमतिको वतावरण बन्छ भने वैशाख ३१ को मिति एक–दुई साता पर सार्न सकिन्छ तर, त्यसका लागि हामीले तीन सर्त राखेका छौं । उनका अनुसार एमालेले चुनावको मिति केही दिन पर सार्न सरकारले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने, बजेटअघि तर एकै चरणमा चुनाव गराउनुपर्ने र मधेसी मोर्चा पनि चुनावमा आउने ग्यारेन्टी हुनुपर्ने सर्त अघि सारेको नागरिकमा खबर  छ ।

फागुनमा वैशाख ३१ गते एकै चरणमा मुलुकभर स्थानीय चुनाव गर्ने घोषणा गरेको सरकारले आन्दोलनरत मधेसी मोर्चालाईपनि सहभागी गराउन भन्दै एक साताअघि दुई चरणमा गर्ने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved