रसिया र चीनले अमेरिकालाई दिए यस्तो चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 30, 2017 | 07:53:41 AM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर कोरियालाई भइरहेको बयानबाजीमाथि रुस र चीन दुवैले अमेरिकालाई कडा चेतावनी दिएका छन् । उनीहरुले कुनै पनि गलत कदमको भयानक परिणाम हुन सक्छ भनेका छन्। 

रुसका उपविदेश मन्त्री गेनेडी गेलितोभले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा अमेरिका र प्योङयाङमाथि सिधा निशाना साँध्दै भने ‘उग्र बयानबाजी र शक्तिको प्रदर्शनबाट हालत यस्तो भैसकेको छ कि पुरै दुनियाँ गम्भिरतापूर्वक सोचिरहेको छ कि के युद्ध नै हुनगइरहेको त छैन् ?’

यसैगरि चीनका विदेशमन्त्री वांगयीले पनि उत्तर कोरिया को मिसाइल र परमाणु कार्यक्रमको खतराको जवाफमा कुनै पनि सैन्य कारवाही गरिएमा राम्रो नहुने चेतावनी दिएका छन् । उनले सुरक्षा परिषदमाभने ‘फोर्सको प्रयोगले मामिला समाधानहुँदैन बरु यसले ठूलो आपतनिम्त्याउन सक्छ ।’

यसभन्दापहिले अमेरिकाले उत्तर कोरियाको विरुद्धमा अन्तराष्ट्रिय समुदायसँग कारवाहीको अपिल गरेको थिए । अमेरिकाले भनेको थियो कि बेइजिङलेप्योङयाङ माथि आफ्नो प्रभावको प्रयोग गर्दै विनाशक नतिजालाई टार्नुपर्ने छ ।

पछिल्लो पटक अमेरिका र उत्तर कोरियाको विवादलाई लिएर विश्वका हरेक देशहरु त्रसित रहेका छन् । आणविक हतियारको प्रयोगले विश्व नै कतै तहसनहस हुने त होइन भन्ने आम शंका हरेकमा रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved