नौ महिनादेखि अाधा पेटमात्र खान पाएका ७० विद्यार्थी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 30, 2017 | 07:59:28 AM मा प्रकाशित

सिमकोट साबिकको श्रीमष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ। गत वर्ष दैनिक कम्तीमा ३ पटक खाना र नास्ता खाएकी स्वस्तिकाले यो वर्ष भने मंसिरदेखि पूरा पेट खाना पाएकी छैनन्।

जिल्ला सदरमुकाम सिमकोटको बीच बजारमा २०३९ सालमा स्थापना भएको महिला फिडर छात्रावासमा बसेकी स्वस्तिकाले मंसिरयता मात्रै पटकपटक गरेर ९ दिन भोकै विद्यालय जानुपरेको छ।

सदरमुकाम सिमकोटको मानसरोवर उच्च माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चंखेल्नी गाउँपालिका मेखालाकी ११ वर्षीया ज्ञानुमाया ऐडीले आधा पेट खान थालेको पनि महिना दिन बितेको अन्नपूर्ण पोस्टमा खबर  छ।

गत चैतमा आमाबुबा र घरपरिवार छाडेर गुणस्तरीय शिक्षा प्राप्तिको अभिलाषासहित सिमकोटको दुर्गम हिमाली आवासीय छात्रावास आएकी ऐडीलाई अहिले दिनको सातपटक घरमा खाएको खानाको सम्झनाले निकै सताएको छ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved