कमल थापाले प्रचण्डलाई एकाबिहानै ओली र पूर्वराजाको गठबन्धनको खबर सुनाएपछि …

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 01, 2017 | 08:33:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारमा उपप्रधानमन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष कमल थापाले आइतबार बिहान ७ बजे नै आफ्ना आधा दर्जन सांसदले धोका दिन सक्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोटिङमा नजाने निष्कर्षमा छन् ।

कमल थापाले भने, ‘निर्मल निवास र एमाले अध्यक्ष केपी ओलीबीच गम्भीर ढंगले संवाद अघि बढेको सूचना मलाई थियो, तर आफ्नै पार्टीभित्र यस्तो भइहाल्ला भन्ने मैले सोचेको थिइनँ ।’ थापाले हात झिक्ने संकेत देखाएपछि संविधान संशोधन विधेयक अलपत्र परेको छ । संविधानको धारा २७४ को (घ) सम्बन्धित प्रदेशसँग परामर्श गरे पुग्ने गरी गर्न लागिएकोमा नेपाली सेनाले पनि अनौपचारिकरुपमा आपत्ति जनाएको थियो ।

मधेसी दललाई चुनावमा ल्याउन सरकारले गत चैत २९ गते संसद्मा परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो । उक्त प्रस्ताव वैशाख १८ गतेभित्र पारित गर्ने प्रतिवद्धता सरकारले जनाएको थियो । संविधान संशोधन प्रस्ताव पारित भए निर्वाचनमा भाग लिने प्रतिवद्धता मधेसी दलले जनाएका थिए । तर, वैशाख १७ गते आइतबार बिहानदेखि यो सबै प्रयास निरर्थक बनेको छ । मुलुकको राजनीतिक समीकरण करिब करिब गत साउनकै अवस्थामा फर्केको छ ।

संविधान संशोधन विधेयक पारित गराउन ३९७ सांसद आवश्यक पर्नेमा सत्ता पक्षले ३९३ पुर्‍याएको थियो । बाँकी चार सिटको लागि तयारी चल्दै गर्दा ३७ सिट भएको राप्रपाभित्र पहिरो जाने अवस्था देखियो । राप्रपाका अध्यक्ष तथा पहिलो प्रोटोकलका उपप्रधानमन्त्री कमल थापाले आइतबार बिहान बोलाएको संसदस्य दलको बैठकमा २७ जना मात्रै सहभागी भए । बाँकी १० जनाले संविधान संशोधन विधेयकको विपक्षमा मत हाल्ने अवस्था देखियो ।

पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाका १२ जनामध्ये सबै बैठकमा सहभागी भए भने कमल थापा नेतृत्वको राप्रपा नेपालका २५ मध्ये १५ जना मात्रै बैठकमा सहभागी भए । यीमध्ये अरु ३ जनाले फ्लोर क्रश गर्न सक्ने विशेष स्रोतले बताएको छ । तरुण साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved