महाअभियोग दर्तापछि सुशीलाको प्रतिक्रिया- ‘आनन्दमोहनलाई गरेजस्तै मलाई पनि गरे’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 01, 2017 | 08:51:06 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि स्वतः निलम्बनमा परेकी प्रधानन्यायधीश सुशीला कार्कीले आफू महाअभियोगबाट नडराएको प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्, ‘मलाई त केही फिल नै भएको छैन । ममाथि महाअभियोग लाग्दै छ भन्ने मलाई थाहा थियो ।’ उनीसँगको छोटो संवाद आजकाे नागरिक दैनिकमा छापिएको छ । 

तपाईंमाथि लागेको महाअभियोगलाई कसरी लिनुभएको छ ?

 मलाई त केही फिल नै भएको छैन । ममाथि महाअभियोग लाग्दै छ भन्ने मलाई थाहा थियो । केही दिनयता माओवादी सांसद (रामनारायण) विडारीले मलाई पटक पटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ । एक पटक भेट्नुपर्यो भनिरहनु भएको थियो । तर मैले भेट्न मानिन । 

विडारीलाई मैले महाअभियोग लगाउनुस् भनेको थिएँ । आनन्दमोहन (भट्टराई) लाई गरेजस्तै मलाई पनि गरेका हुन् ।प्रधानमन्त्रीले आजै बिहान पनि दूत बनाएर बर्षमान पुनलाई मेरो निवासमा पठाउनुभएको रहेछ तर, मैले भेटिनँ । मेरो श्रीमान सँग भेटेर उहाँ फर्किनुभयो । 

उहाँहरुले मलाई जे आरोप लगाएर महाअभियोग दर्ता गर्नुभएको छ त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ ।तर मैले न्यायप्रतिको निष्ठा र इमान्दारीतामा कहिल्यै सम्झौता गरेकी छैन । त्यसैले म यसबाट डराएकी छैन । म यो प्रस्तावको सामना गर्छु ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved