सेनाको आकस्मिक बैठक : यस्तो छ सेनाको ‘निष्कर्ष र निर्णय’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 01, 2017 | 09:09:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राती बसेको आकस्किम बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो ।

प्रधानसेनापति रोजेन्द्र क्षत्रीको नेतृत्वमा बलाधिकृत रथी र बलाध्यक्ष रथीसहित सबै महानिर्देशनालय प्रमुखसहितको बैठकमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको आजको नागरिकमा खबर छ।

सम्भावित सुरक्षा चुनौती सामनाका लागि तयारी अवस्थामा रहन निर्देशन भएको बैठकमा सहभागी एक उपरथीले बताए ।उनका अनुसार तराईका जिल्ला साथै पहाडी र हिमाली भेगमा समेत राजनीतिक आवरणमा विध्वंशका गतिविधि हुन सक्ने विषयमा बैठकमा छलफल भएको हो ।उनले भने, अवस्था देश र जनताको अहितमा रहे सामनाका लागि तयार रहन प्रधानसेनापतिबाट निर्देशन भएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved