आँपका नाममा मन्द विष व्यापार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 01, 2017 | 09:19:06 AM मा प्रकाशित

laxmi  sunrise bank

रसायन हालेर पकाइएको आँप जनकपुर बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको छ । मौसम अगावै वा बेमौसमी सिजनमा बजारमा भेटिने अधिकांश फलफूलमा विषादीको प्रयोग हुने गरेको पाइएको छ । आँपका माध्यमबाट उपभोक्ताले मन्द विष सेवन गरिरहेको अधिकारकर्मीहरूको भनाइ छ ।

तराई–मधेस क्षेत्रमा असारको तेस्रो सातादेखि पाक्ने आँप वैशाखको पहिलो सातामै विषादी प्रयोग गरेर पकाउँदै बिक्री वितरण भइरहेको छ खासगरी आँप पाक्ने समय असारको अन्तिमदेखि भदौसम्मको भए पनि स्थानीय बजारमा भने वैशाखको सुरुदेखि नै आँपले कब्जा जमाएको देखिन्छ । यसले गर्दा खाद्य बजार विषालु बन्दै गएको छ भने उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् ।

विषालु रसायनयुक्त आँप प्रति धेरैले ध्यान नदिँदा हानिकारक मन्द विष हालेर बिना रोकटोक बजारमा बिक्री भइरहेको जनकपुर अञ्चल अस्पतालका डा. रामजी यादव बताउँछन् । बेमौसमी फलफूलमा हानिकारक रसायन हुने भएकाले त्यस्ता फलफूल खाँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने डा. यादवको बुझाइ छ ।

व्यापारीले कार्बाइड नामक रसायन काँचो आँपमा राख्दा चौबीस घन्टामै पाक्छ र व्यापारीले बढी आर्थिक लाभ लिने कारणले रसायन हाली बिक्री गर्ने गरेका छन् । उपभोक्ताले ध्यान नदिँदा स्वस्थकर अमृतसरह आँप हानिकारक रसायनको प्रयोगले दिनदिँदै विष बन्दै गएको बुद्धिजीवीको भनाइ छ ।

पहेंलो, पाकेको, हेर्दा खाउँखाउँ झैँ लाग्ने यस्ता आँप ठेलामा हालेर बिक्री गर्ने व्यापारीको संख्या दर्जनौं छ । बजारमा पाइने यस्ता आँप प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्म बिक्री हुने गरेको जनकपुर जिरोमाईलमा ओम फ्रुट सेन्टर सञ्चालन गरेर व्यापार व्यवसाय गर्दै आएका विजय साहको भनाई छ ।

महोत्तरीको चेकपोस्ट भिठ्ठामोडका अनुसार यस वर्ष नाकाबाट १ लाख १७ हजार १०० मूल्य बराबरको ११ हजार ७१ किलो आँप भारतबाट आयात गरी महोत्तरी तथा धनुषाको बजारमा भित्रिएको छ ।

क्याल्सियम कार्बाइड हालेर पकाइएको फलफूल खाँदा पखाला लाग्ने, बान्ता आउने, पेट दुख्ने तथा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने स्थानीय जनकपुर उपमहानगरपालिका–१४ का सिर्जना सिंह बताउँछिन् ।

आँप पकाउन प्रयोग हुने क्याल्सियम कार्बाइड नामको रसायनले मुटुरोग निम्त्याउन सक्ने तथा कलेजो र मस्तिष्कमा समेत असर गर्ने जनरल फिजिसियन डा. शैलेन्द्र गोइत बताउँछन् ।घरमा राखेको २÷३ दिनपछि फलफूलको बोक्रामा कालो धब्बा देखिए रसायनद्वारा पकाइएको फल ठहर्ने जनकपुर जिरोमाईलका अर्का आँप व्यवसायी रुदल साहले बताए ।-कारोबार दैनिकबाट 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved