यस्तो छ एमालेको ५३ बुँदे चुनावी घोषणापत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 02, 2017 | 07:43:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा (एमाले)ले आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पङ्क्तिमा उभ्याउने महत्वकांक्षाासहित स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमालेले १० वर्षभित्र प्रतिव्यक्ति आम्दानी पाँच हजार अमेरिकी डलर पु¥याई आगामी २५ वर्ष्भित्र नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्यारउने लक्ष्य लिएको छ ।

कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण, जलस्रोतको बहुआयामिक उपयोग, सिँंचाइ विस्तार, पर्यावरण सुधार र बाढी नियन्त्रणमा फड्को मार्ने गरी कार्यक्रम बनाउने र त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता एमालेले जनाएको छ । पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारमा व्यापक लगानी बढाउने, मानवस्रोतको दक्षता अभिवृद्धि गरी अधिकतम परिचालन गर्ने एमालेको योजना छ ।

१० वर्षमा नदी प्रवाह प्रणालीका साथै जलाशययुक्त परियोजनाको परिचालन तथा अन्य वैकल्पिक माध्यमबाट १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना एमालेले बनाएको छ । ‘घरघरमा बिजुलीः जनजनमा सेयर नीति’ लागू गरी लगानी र प्रतिफलको दृष्टिले जलविद्युत् परियोजनामा नागरिक र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने एमालेले बताएको गाेरखापत्रमा खबर छ ।

५३ बुँदे घोषणापत्रमार्फत एमालेले कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजना, कोसी नदीमा अध्ययन गरिएको बहुउद्देश्यीय परियोजना, तमोर जलाशय परियोजना तथा पश्चिम सेती, नलसिङगाड, नौमुरे र बूढीगण्डकी परियोजना यथाशीघ्र सम्पन्न गर्ने गरी काम गर्ने योजना सार्वजनिक गरेको छ ।

एमालेले १० वर्षभित्र सम्पन्न हुने गरी सडक, रेल, हवाई, जलमार्ग, पदमार्ग, केबलकार, घोडेटो र गोरेटो बाटो निर्माण, विस्तार र स्तरोन्नतिको काम गर्ने प्रतिबद्धता जनाएको छ । सार्वजनिक भएको घोषणापत्रमा जलमार्ग र रेलमार्ग निर्माण गर्दा पर्यावरणलाई समेत ध्यान दिने प्रतिबद्धता एमालेले जनाएको छ । पाँच वर्ष्भित्र काठमाडौँ–तराई द्रुतमार्ग सम्पन्न गर्ने, हुलाकी राजमार्ग निर्माण गर्ने, पूर्वपश्चिम राजमार्गलाई छ लेनमा स्तरोन्नति गर्ने पनि एमालेको प्रतिबद्धतामा छ ।

त्यस्तै मध्यपहाडी पुष्पलाल राजमार्गलाई पाँच वर्ष्भित्र सम्पन्न गर्ने, उत्तर–दक्षिण राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने, तराईका सबै जिल्लालाई जोड्ने सडक चार लेनमा स्तरोन्नति गर्ने, नेपाल–चीन सिमानासम्म न्यूनतम दुई लेनको सहायक राजमार्ग निर्माण गर्ने प्रतिबद्धता पनि एमालेको घोषणापत्रमा छ । सोहीअनुसार आगामी १० वर्ष्भित्र सबै जिल्लामा हवाई यातायात पुर्याई ५० लाख पर्यटक भित्र्याउने गरी पूर्वाधार र बजार प्रवद्र्धन गर्ने लक्ष्य एमालेले लिएको छ ।

 ‘समृद्धि, समानता र सबल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार’ मुख्य नारासहित सार्वजनिक भएको घोषणापत्रमा १० वर्ष्भित्र थप एक लाख व्यक्तिले रोजगारी प्राप्त गर्ने गरी उद्योग स्थापना गर्ने योजना पनि एमालेले बनाएको छ । प्रत्येक स्थानीय तहमा एक उद्योगग्राम विकास गर्ने दलको लक्ष्य छ । सामाजिक सुरक्षा भत्तालाई मासिक पाँच हजार रुपियाँ पु¥याउने, सरकारी अस्पतालमा सुत्केरी हुने आमा र शिशुको पोषण तथा कपडाका लागि एकमुष्ठ पाँच हजार रुपियाँ भत्ताको व्यवस्था गर्ने प्रतिबद्धता पनि एमालेको छ । अबको १० वर्षभित्र  १८ वर्ष उमेर पुगेका सबैलाई रोजगारीको व्यवस्था गर्ने पनि दलको घोषणपत्रमा छ ।

दुई वर्ष्भित्र नेपाललाई आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाई पाँच वर्षभित्र कृषि उत्पादनमा वृद्धि गरी देशलाई खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याइने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कार्यान्वयन गर्नसक्ने कार्यक्रममात्र सार्वजनिक गरेको भन्दै एमाले नेतृत्वमा सरकार गठन भए सबै कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । एमालेको वैचारिक र व्यावहारिक श्रेष्ठतामा कुनै दलले चुनौती दिन नसक्ने दाबी गर्दै उनले थपे, “भन्नका लागि मात्र भन्ने काम एमालेले गर्दैन, जति कार्यक्रम सार्वजनिक भएको छ, कार्यान्वयन गरेर देखाउँछौँ । ” 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved