फेसबुकमा लवः उमेर नपुग्दै सम्बन्धविच्छेद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 02, 2017 | 07:53:42 AM मा प्रकाशित

laxmi sunrise bank

सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटना बढ्दै गएका छन् ।वालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय क्रियाशिल रहेपनि कम उमेरमै विवाह गर्ने क्रम प्यूठान जिल्लामा अझै रोकिएको छैन ।

कलिलो उमेरमा विवाह गर्नेहरुले बर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । अधिकांश सामाजिक सञ्जाल (फेसबुसक) कै माध्यमबाट प्रेमसम्बन्ध राखेर विवाह गर्नेहरुले अदालत गएर सम्बन्धविच्छेद गर्ने गरेका छन् ।

जिल्ला अदालतको तथ्यांक अनुसार गत आर्थिक बर्षमा ७ जोडीले विवाह गर्ने उमेर नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेका छन् ।चालु आर्थिक बर्षको बैशाख दोस्रो सातासम्म २० बर्षमुनिका ६ जोडीले अदालतमा आएर सम्बन्धविच्छेद गरेका छन् । अन्नपूर्ण पोस्टमा यो खबर छ ।

‘सम्बन्धविच्छेद माग गर्न आउनेमा धेरै पत्नीहरु हुन्छन्’ जिल्ला अदालतका स्रेस्तेदार प्रम पौडेलले भने, ‘धेरै जोडी विवाहपछि आपसमा मेल नखाने भन्दै पछुताएर छुट्टिन्छन् ।’ 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved