नेपाल विद्युत प्राधिकरणले एक घण्टादेखि माथको अर्धजलाशय (पिकिङ रन अफ दि रिभर) आयोजनाका लागि छुट्टै विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ।
उर्जा मन्त्रालयले तोकोको अर्धजलाशयको पीपीए दरमा ४ देखि ६ घण्टामा पिकिङ दिनसक्ने आयोजनालाई मात्र दिने गरी दर तोकेकोमा मन्त्रालयसँग समन्वय गरी प्राधिकरण सञ्चालक समितिको ७५१ औं बैठकले एक घण्टादेखिकै दर निर्धारण गर्ने निर्णय गरेको हो । आजको कारोबारमा खबर छ।
अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने प्रवद्र्धक कम्पनीहरुले १ देखि २ घण्टासम्म पिकिङ दिने आयोजनालाई प्रतियुनिट ८.५० रुपैयाँ, २ देखि ३ घण्टाको प्रतियुनिट ८.८०, ३ देखि ४ घण्टाको ९.४० तथा ४ देखि ६ घण्टाको प्रतियुनिट १०.५५ रुपैयाँ पाउनेछन् ।