कस्तो हुनेछ तीन घेराको सुरक्षा: मतदाताको सुरक्षा कसले गर्छ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 07:24:42 AM मा प्रकाशित

laxmi  sunrise bank

 पहिलो चरणको निर्वाचनमा सुरक्षा तयारी पुरा भएको र सुरक्षा निकाय अहिले निर्वाचन हुने क्षेत्रमा खटिएको गृह मन्त्रालयले जनाएको छ ।प्रदेश नम्बर ३, ४ र ६ मा सुरक्षा निकायको टोली परिचालन भएको र त्यसरी खटिएका सुरक्षा अधिकारीले मतदान केन्द्र तथा सुरक्षा अवस्थाको बारेमा समेत जानकारी लिएर तयारीमा लागेको सुरक्षा निकायहरुले जनाएका छन् ।


सरकारले पहिलोपटक निर्वाचन हुने क्षेत्रलाई तीन भागमा विभाजन गरेर सोही अनुरुपको सुरक्षा व्यवस्था समेत गरेको जनाएको छ ।सुरक्षा निकायले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेको छ ।पहिलो चरणमा म्यादी प्रहरी सहित १ लाखको हाराहारीमा सुरक्षा फौज परिचालन हुने भएको नेपाल समाचारपत्रमा खबर छ। 


तीन वटा सुरक्षा निकायमध्ये नेपाल प्रहरी मतदान केन्द्रभित्र रहने र उसले मतपत्र तथा मतपेटिकाको सुरक्षा गर्नुका साथै मतदान केन्द्रमा प्रवेश गरेका मतदाताको सुरक्षा गर्नेछ ।त्यो भन्दा बाहिर मतदान केन्द्रको सुरक्षा सशस्त्र प्रहरीले गर्ने र मतदान केन्द्र रहेको इलाकाको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved