संसद भवनमा मध्यरातमा मन्त्री कराएपछि….

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 08:09:18 AM मा प्रकाशित

laxmi  sunrise bank

यसरी मध्यरात संसद भवनमा एकजना मन्त्री यसरी कराए कि सुनेर संसद् भरिका मान्छे उनीहरु हेर्दै हाँसिरहेका थिए ।१५ गते राति १० भन्दा बढी बजेको छ । संसद्मा सरकारले दर्ता गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि ५० वटा संशोधन प्रस्ताव दर्ता गर्ने क्रममा संशोधन प्रस्ताव दर्ता गर्ने क्रममा संशोधनका लागि दिइएको ७२ घन्टे म्याद टुंगिन १५ मिनेट बाँकी छँदा मन्त्री र सांसदबीच गलफत्ति चल्यो ।


त्यसैक्रममा हो, सामान्य प्रशासन मन्त्री केशवबहादुर बुढाथोकीले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालमाथि त्यस्तो शब्द प्रयोग गरेको । त्यसदिन सत्तारुढ दलको तर्फबाट मधेसकेन्द्रित दलको सहमतिमा संशोधन प्रस्ताव ल्याउन साँझ ट बजेदेखि बैठक बसेको थियो ।


त्यसअघि ९ गतेको सहमतिअनुसार दुई चरणमा निर्वाचन र संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार १५ गते राति ५० वटा संशोधनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नका लागि कोरमको लफडा चल्दा स्थिति भनाभनमा परिणत भएको हो ।


त्यसै त मध्यरात, सबै सांसद घरघरमात्र लागेका थिएनन्, कतिपय भुसुभुसु निदाइरहेका थिए । अरु त अरु, स्वयं मन्त्री बुढाथोकी पनि क्वार्टरमा सुतिसकेका रहेछन् । तर, विचार गरियोस् भन्ने प्रस्ताव त्यतिबेलै पारित भएन भने संशोधन अपूरो हुने र सबै कुरा चौपट हुने कारण घरघरबाट सांसद उठाइएर त्यहाँ पुर्‍याइएका थिए । केशवकुमार मात्र हैन, प्रेम सुवाल पनि आँखा मिच्दै संसद्भित्र छिरेका थिए ।


वास्तवमै गणपूरक संख्या (कोरम) को त्यहाँ अभाव थियो । त्यसैले प्रेमले सुरुमै कोरम पुगेन भनेर नियमापत्ति गरे । त्यसरात दुई चरणमा बैठक बस्यो । पहिलो बैठकमा प्रेमले दुई तीनपटक नियमापत्ति गरेपछि केही बेर बैठक स्थगत भई फेरि सुरु भयो । तर, फेरि प्रेम त्यसरी नै कराउन थाले । प्रेम नियमापत्ति गर्न जुरुक्क उठे । केशवकुमार पनि सँगसँगै उठेर कराए, ‘खुरुक्क बस् ! कराउँछन् ! केको कोरम सोरम !’ प्रेम हातले इशारा गर्दै एकछिन एकछिन भन्दै थिए, केशवले उठेका प्रेमलाई थेचारेर बसाइदिए । सत्तापक्षका सांसद गलल हाँसे । जनआस्था साप्ताहिकमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved