गाई चिह्नबाट जितेर आएका दस सांसद अचानक गायब भएपछि….

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 09:18:25 AM मा प्रकाशित

laxmi  sunrise bank

राप्रपाका दस सांसद अचानक गायब भए । काठमाडौं उसै पनि ठूलो सहर । यहाँ अक्सर मानिस गायब भइरहेकै हुन्छन् । कहिले केटी गायब, कहिले केटा गायब । कहिले पत्नी गायब, कहिले पति गायब । 


कहिलेकाहीं बैंकबाट लिएर आएको पैसा बाटोमै गायब भइदिन्छ । स्कुल गएका छोराछोरी घर नपुग्दै गायब हुन्छन् । यहाँ कहिले, कुन बेला को गायब हुन्छ, ठेगानै हुँदैन । यस्तो बेला अचानक राप्रपाका दस सांसद गायब भए । सांसदहरू गायब भए । तर न त्यसको समाचार आयो, न कुनै सूचना । यी सबै सांसद गाई चिह्नबाट जितेर आएका हुन् । सहरमा दसवटा गाई मात्रै गायब भएको भए पनि ठूलै हंगामा भइसक्थ्यो होला । यहाँ दस जना सांसद गायब हुँदा पनि कहीँ, कतै चाइँचुइँ भएन । कहाँ गायब भए, कता गायब भए, कहिले गायब भए, कसैलाई थाहा छैन । अध्यक्ष कमल थापालाई त झनै थाहा छैन । 


आफ्ना त्यत्रा सांसद गायब हुँदा त अध्यक्षको नाताले कमल थापाले कतै रिपोर्टसम्म गर्नुपथ्र्यो । पुलिस चौकी, सैनिक ब्यारेक वा कसैको घर, कता लगिएको हो, बुझ्नुपर्ने थियो । तर उहाँले त्यस्तो केही गर्नुभएन । उहाँ त यसरी ढुक्क बस्नुभएको छ, मानौं गायब भएका सांसद गायब भएकै होइन, आ–आफ्नो ससुराली गएका छन् । वा ससुराली जस्तै कुनै आरामगृहमा गएर बसेका छन् । तर स्थिति डरलाग्दो छ । 


देशका दस–दस जना सांसद गायब छन् तर कसैलाई मतलब छैन । सांसद त यति सजिलै गायब हुने अवस्था छ भने अरु सर्वसाधारणको हालत झन् के होला ? हाल नेपाली सेना सतर्क पोजिसनमा आएको यही कारणले त होला नि ! अरु के होला र ?  आजको जनआस्था साप्ताहिकबाट 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved