पत्नी भेट्न पतिसँग गुहार…

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 09:22:11 AM मा प्रकाशित

laxmi  sunrise bank

‘उहाँले भेट्न चाहनुभएन । हजुर फर्किनुभए हुन्छ रे †’ सहयोगीले यस्तो खबर ल्याएपछि अनुहार नै अर्कै बनाएर उनले सानो स्वरमा भने, ‘ठीकै छ, दुर्गा दाइ त हुनुहुन्छ होला नि †’ सहयोगीले भने, ‘हुनुहुन्छ । बोलाइदिऊँ ?’ बसौँ कि जाऔँ भएका उनले भने, ‘हस् †’


दुर्गा सुवेदी माथिबाट तल झरेर हात तेस्र्याए, ‘नमस्कार–नमस्कार वर्षमानजी † सञ्चै हुनुहुन्छ ?’ प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्नु तीन दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालको दूत भएर नेता वर्षमान पुन (अनन्त) बालुवाटारस्थित प्रधानन्यायाधीश निवास पुग्दाको दृश्य हो यो । प्रधानन्यायाधीशले भेट्ने कुरामा अनिच्छा प्रकट गरेपछि उनका पति तथा पूर्वराजनीतिज्ञ दुर्गा सुवेदीमार्फत भेट्ने प्रयास वर्षमानले गरे । तर, त्यो पनि सम्भव भएन । 


वर्षमानले भेट्टाइदिनुप¥यो भन्नुभन्दा अगाडि भूमिका बाँधे । ‘हेर्नुस् दाइ, अदालत र सरकारबीच यत्रो कन्फर्टेसन हुनु राम्रो कुरा भएन । सेटल गर्नुपर्छ । तपाईंजत्तिको मान्छे यहाँ भएपछि केही न केही सेटल गर्न सकिन्छ भनेर म आएँ ।’ दुर्गाले भने, ‘अहिलेको अवस्था त प्रधानमन्त्री र प्रधानन्यायाधीश होइन, प्रचण्डजी त मुद्दाको विपक्षी पनि त हो †’ वर्षमानले भने, ‘म भेट्न आएको हुँ, प्रधानमन्त्री होइन । म मन्त्री पनि होइन । व्यक्तिगत रूपमा केही कुरा गर्न त मिल्छ होला नि †’ दुर्गाले भने, ‘सुशीलाजीले भेट्दिनँ नै भन्नुभएको छ । 


उहाँको तर्क छ, तपाईं प्रधानमन्त्रीले पठाएर उहाँको दूतका रूपमा आउनुभएको छ । मुद्दाको पक्ष र विपक्ष दुवैसँग नभेट्ने उहाँहरूको कोड अफ कन्डक्ट नै रहेछ । अब मैले कसरी भनुँ त ?’ वर्षमानले भने, ‘दाइले प्रयास गरे नहुने कुरै छैन ।’ कुरा नसकिँदै दुर्गाले जवाफ दिइहाले, ‘हैन–हैन, मैले भनेर हुने होइन ।’


यसबारे हिजो जिज्ञासा राख्दा सुवेदीले जनआस्थासँग भने, ‘मैले भनेर हुने कुरै थिएन । प्रधानन्यायाधीश त सुशीलाजी हो नि, थोडी म हो र ?’

यसरी प्रधानन्यायाधीशकहाँ पुगेर वर्षमानले गर्न चाहेको कुरा थियो, अदालतमा प्रधानमन्त्री विपक्षी बनेर चलिरहेका मुद्दा लम्ब्याइदिने, सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउँदा रातारात बनाइएको कार्यसम्पादन मूल्यांकनको रिपोर्ट नै सदर गरिदिनुपर्ने र सर्वस्वसहित जन्मकैद ठेकिएका पूर्वसांसद रामहरि ढुंगेल पक्राउको आदेश निष्क्रिय गरिदिनुपर्ने । वर्षमानले यी कुरा नभए शेरबहादुर महाअभियोग लगाउन ठिक्क परेको भनी दुर्गामार्फत सुशीलालाई सन्देश पनि छाडेर त्यसदिन त्यहाँबाट हिँडेका थिए । आजको जनआस्था साप्ताहिकबाट


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved