राजधानीको स्कुलबाट ५ विद्यार्थीको अपहरण: यसरी छुटे विद्यार्थी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 04, 2017 | 06:57:53 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन् ।स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए ।

मुखमा माक्स र हातमा पञ्जा लगाएर आएका तीन जना अपहरणकारीले विद्यार्थीलाई मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमुल पुर्याएका थिए ।

कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुभास खड्का, निशान्त चौधरी, रत्नेशकुमार जैसवाल र दिपक जैसवाललाई उनीहरुले अपहरण गरेर लगेका थिए ।

ती अपहरणकारीले कलिला विद्यार्थीलाई अपहरण गरेर लैजाने क्रममा थापाथली पुर्याएपछि मन्सुरी अपहरणकारीको हातमा टोकेर भाग्न सफल भएपनि अन्य ४ जनालाई भने सँगै लगेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

उनीहरुले एकान्त ठाउँ खोज्दै ती बालकहरुलाई पुलबाट पारी लैजान खोजेपछि एक विद्यार्थी हेल्प मी भनेर चिच्याएपछि स्थानीयहरु ती विद्यार्थीतर्फ अघि बढेका थिए ।त्यसपछि अपहरणकारीहरु बच्चाहरु छोडेर भागेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved