राजधानीमा कडा सुरक्षा व्यवस्था

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 04, 2017 | 07:10:19 AM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय प्रहरी कार्यालयले स्थानीय चुनावका लागि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाएको छ ।  कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले काठमाडौँ, ललितपुर र भक्तपुरको सुरक्षाव्यवस्था प्रभावकारी बनाइएको जानकारी दिनुभयो ।


मङ्गलबार उम्मेदवारी दर्ता भएसँगै उपत्यकामा चुनावी चहलपहल बढेको छ ।  चुनावको सुरक्षाका लागि महानगरीय प्रहरी परिसर काठमाडौँले टेकुमा जिल्ला निर्वाचन सुरक्षा सेलसमेत खडा गरेको छ ।  सेलको निरीक्षणका क्रममा भण्डारीले उपत्यकाको निर्वाचन शान्त, सुरक्षित र व्यवस्थित वातावरणमा सम्पन्न गर्न र गराउन तीनवटै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशनसमेत दिनुभयो ।


निर्वाचन सुरक्षाका लागि सई (प्रहरी नायब निरीक्षक) र असई (प्रहरी सहायक निरीक्षक)को कमान्डमा म्यादी प्रहरीसहितको सुरक्षाकर्मीको टोली मतदानस्थलमा परिचालन गरिएको छ ।  महानगरीय प्रहरीले ललितपुर र भक्तपुरभन्दा काठमाडौँ जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारेको छ ।

निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियामा खलल पु¥याउने कार्य गर्नसक्ने भएकाले काठमाडौँलाई विशेष सुरक्षा निगरानीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक छविलाल जोशीले निर्वाचन बिथोल्ने र जबर्जस्ती गर्न खोज्ने पार्टी, व्यक्ति र समूहको पहिचान गरी पूर्वसुरक्षा तयारी अपनाइएको बताउनुभयो ।


काठमाडौँ जिल्लाका एक महानगरपालिका र १० नगरपालिकाका ३२० मतदानस्थलमा ६८६ मतदान केन्द्र छन् ।  मतदान केन्द्रको सुरक्षाका लागि दुई हजार ६६० प्रहरी, दुई हजार ७५८ जना म्यादी प्रहरी परिचालन गरिएको गोरखापत्रमा खबर छ छ ।


त्यस्तै ललितपुरमा १३१ मतदान स्थलका २६५ मतदान केन्द्रमा एक हजार ४१२ प्रहरी,  ९०२ म्यादी र भक्तपुरमा ७८ वटा मतदान स्थलका १९१ मतदान केन्द्रका लागि ७३४ प्रहरी, ६०८ म्यादी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरीले जनाएको छ ।


निर्वाचन सुरक्षाका लागि प्रत्येक जिल्लामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने १५४ वटा ‘मोबाइल’ गस्ती, १५४ वटा ‘स्ट्राइकिङ’ सुरक्षा गस्ती परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved