महाअभियोग प्रस्ताव आज संसद्मा पेस हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 04, 2017 | 07:40:56 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव बिहीबार संसद्मा पेस हुने भएको छ ।  संसद् सचिवालयले प्रस्ताव पेसलाई सम्भावित कार्यसूचीमा प्रकाशन गरेको छ ।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले संसद् कार्य सञ्चालन नियमावलीको व्यवस्थाअनुसार संसद्मा पेस भएको प्रस्तावमा छलफलको मिति तोकिने बताउनुभयो ।  बिहीबार पेस हुने प्रस्तावको छलफलको मिति बैठकबाट सभामुख ओनसरी घर्तीले तोक्नुहुनेछ ।

सभामुखले तोक्नुभएको समयअनुसार प्रस्तावमा छलफल सुरु हुनेछ ।  छलफलको प्रक्रियापछि प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइनेछ ।  सिफारिस समितिको आवश्यक छानबिनपछि प्रतिवेदन पुनः संसद्मा नै पेस हुनेछ ।  समितिलाई बढीमा एक महिनाको समय रहनेछ ।  समितिले पेस गरेको प्रतिवेदनमा संसद्मा मत विभाजन हुने गोरखापत्रमा खबर छ ।

वैशाख १७ गते सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको थियो ।  नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश तथा कुनै पनि न्यायाधीशमाथि महाभियोग दर्ता भएको पहिलोपटक हो ।  कार्कीमाथि कार्यकारीको अधिकार क्षेत्रमा प्रवेश गरेको प्रमुख आरोप छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved