राप्रपाले धोका दियोः प्रधानमन्त्री दाहाल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 05, 2017 | 07:25:10 AM मा प्रकाशित

laxmi  sunrise bank

अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवम् भावी प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा पुगेको छ ।प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीका नेताहरूसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै राप्रपाले धोका दिएको आरोप लगाए ।

आफ्नो कार्यकाल सकिनै लागेपछि बुधबार अबेर रातिसम्म प्रधानमन्त्री दाहालले राजपाका ४ जना नेतासँग छलफल गरेका थिए । दाहालले सबैभन्दा पहिले राजपाको सहयोग मागेका थिए । सरकार परिवर्तनको करिब १० दिन बाँकी रहँदासम्म सरकार ढल्नसक्ने चिन्ताले प्रधानमन्त्रीलाई सताएको रहेछ । प्रधानमन्त्रीले जेठ पहिलो सातासम्म आफूलाई टिकाइराख्न राजपाको सहयोग मागेका हुन् ।

छलफलमा प्रधानमन्त्री दाहालले भने– संविधान संशोधनका लागि मैले हरसम्भव प्रयास गरेको हुँ । अहिले पनि प्रयासरत छु । जाँदा जाँदै पनि संविधान संशोधन मेरै कार्यकालमा होस् भन्ने चाहेको छु । नेपाल समाचारपत्रमा खबर छ ।

तर परिस्थितिले साथ दिएको छैन । राप्रपाका नेताहरूले संशोधनमा धोका दिएको भन्दै दाहालले भने, ‘तपाईहरूले चाहनुहुन्छ भने म संशोधन पेश गर्न सक्छु तर पारित हुने विश्वास दिलाउन सक्दिन। त्यसकारण अहिले उचित परिस्थितिको खोजिमा छु। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved