यसकारण चुनावको बेला चीन जाँदैछन् महरा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 05, 2017 | 07:53:36 AM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहित तीन मन्त्री बैशाख ३१ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका वेलामा चीनमा हुने भएका छन् ।

बैशाख ३१ र जेठ १ गते चीनले आयोजना गर्न लागेको वेल्ट एण्ड रोड शिखर सम्मेलनमा भाग लिन उपप्रधान तथा अर्थमन्त्री महरा,भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा प्रविधिमन्त्री सुरेन्द्र कार्कीलाई चीन भ्रमणमा जान लागेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ

मन्त्रिपरिषदको बिहिबार सिंहदरवारमा बसेको बैठकले तीन मन्त्रीसहित परराष्ट्रसचिव शंकरदास बैरागी र अर्थमन्त्रालयका सचिव वा सहसचिव मध्ये एकलाई चीन भ्रमणमा पठाउने निर्णय गरेको हो । प्रतिनिधिमण्डलमा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु पनि सहभागी हुनेछन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved