सुशीलाको पक्षमा एमालेसहितको कति दल ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 05, 2017 | 07:56:00 AM मा प्रकाशित

laxmi  sunrise bank

मुख प्रतिपक्षी एमालेसहितका १० दलले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन् । स्वतन्त्र न्यायपालिका र शक्ति पृथकिकरणको सिद्धान्त विपरितको महाभियोग प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने प्रतिपक्षको चेतावनीका कारण बिहिबारका लागि डाकिएको संसद बैठक शुक्रबार विहानसम्मका लागि सूचना टाँसी स्थगित भएको छ  । 

‘प्रधानन्यायाधीश विरुद्ध संसदमा दर्ता गरिएको महाभियोगको प्रस्ताव अनुचित हुनुका साथै यसले शक्ति पृथकिकरणको सिद्धान्त, स्वतन्त्र न्ययापालिकाको मर्म र लोकताीन्त्रक मुल्य मान्यतामाथि गम्भिर प्रहार गरेकोले सो प्रस्ताव तुरुन्त फिर्ता लिई कानुनी शासनको सम्मान गर्न प्रस्तावक राजनीतिक दलहरुसंग माग गर्दछौ,’ ती दलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको कान्तिपुरमा खबर छ।

प्रमुख प्रतिपक्षी नेता केपी ओलीले प्रधानमन्त्री पुष्पकल दाहालसंग विहिबार मध्यान्ह गरेको छलफलमा महाभियोग प्रस्ताव फिर्ता नभएसम्म संसदका कुनै काम–कारवाही चल्न नदिने जनाउ दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved