मेयर उम्मेदवारको घरमा बम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 05, 2017 | 07:59:50 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्वतको कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार रामचन्द्र जोशीको घरमा भेटिएको शंकास्पद बस्तु सकेट बम रहेको पुष्टि भएको छ ।

कुस्मा नगरपालिका वडा नं ५ लोकतन्त्रचोक स्थित जोशीको घरमा भेटिएकोे संकास्पद बस्तु बम भएको पुष्टि भएको हो ।

जोशीको कार्यालय कोठाको कुनामा हरियो झोलामा राखिएको उक्त संकास्पद बस्तु डिस्पोज गर्ने क्रममा सकेट बम भएको पुष्टि भएको हो । नेपाली सेनाको रणदल गुल्मको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

जोशीको घरमा संकास्पद सुरक्षा निकायले घटनास्थल नियन्त्रणमा लिएर बम सुरक्षित रुपमा डिस्पोज गरेको हो । बम कसले राखेको भन्ने अहिले सम्म कसैले जिम्मा लिएको छैन । कुस्माबजारबाट सञ्चालित एक अनलाईनले दुई दिन पहिले नै जोशीको घरमा सकेट बम राखिएको समाचार पोष्ट गरेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved