स्थानीय तहलाई ३ खर्ब रुपैयाँ बजेट दिने तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 05, 2017 | 08:04:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्थानीय तहमा तीन खर्ब रुपैयाँ बजेट पठाउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्ष स्थानीय तहमा संचालन खर्च र पुँजीगत खर्चवापत ३ खर्ब रुपैयाँ बजेट पठाउने तयारी गरेको हो । 

पुँजीगत खर्च अन्र्तगत स्थानीय तहमा जाने न्युनतम अनुदानलाई दोब्बर बनाइने भएको छ । यस्तै स्थानीय तहलाई जनसंख्या, क्षेत्रफल र गरिबीका आधारमा पनि थप बजेट दिइने छ । 

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले विभिन्न विषयगत मन्त्रालय अन्र्तगत हुने खर्च, सामाजिक सुरक्षा भत्ता, न्युनतम अनुदान र संचालन खर्चसहित स्थानीय तहमा ३ खर्ब रुपैयाँ पठाउने गरी बजेटको तयारी भइरहेको बताए । 

हाल विभिन्न मन्त्रालयले गर्दै आएका काम अब स्थानीय तह आफैंले गर्ने छन् । संविधानले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिएका कारण १२ कक्षासम्मको शिक्षा अन्र्तगत पाठ्यपुस्तक, छात्रवृत्ति, शिक्षकको तलब लगायतका शिर्षकमा हुने खर्च अब स्थानीय तहमा जाने छ । 

स्थानीय विकास मन्त्रालयका सचिव थपलियाले स्थानीय तहलाई वडा, जनसंख्या र तिनले गर्ने कामलाई आधार मानी ७ भागमा विभाजन गरेर बजेट तर्जुमा गर्ने काम भइरहेको बताए ।करोबार दैनिकमा खबर छ। 

देशभर हाल ७ सय ४४ वटा स्थानीय तह रहेकामा तीमध्ये ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ वटा नगरपालिका र  ४ सय ८१ वटा गाउँपालिका हुन् । एउटा स्थानीय तहमा कम्तिमा २१ जना कर्मचारी खटाउनुपर्ने मन्त्रालयको निष्कर्ष छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved