नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2017 | 09:50:50 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ । ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन ।


मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार दैनिक रुपमा कार्यालय आएर सेवा प्रदान गर्नुपर्ने पदाधिकारीलाई न्युनतम सेवा सुविधा दिने व्यवस्था गर्न लागिएको हो । यसरी तलब सुविधा पाउनेमा भने महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु पर्नेछन् ।

मासिक तलब

महानगरपालिका प्रमुखः ६० हजार

उपप्रमुखः ५० हजार

वडाअध्यक्षः ३० हजार

उपमहानगरपालिका प्रमुखः ४५ हजार

उपप्रमुखः ४० हजार

वडाअध्यक्षः २५ हजार

नगरपालिका प्रमुखः ३० हजार

उपप्रमुखः २५ हजार

वडाअध्यक्षः २० हजार

गाउँपालिका प्रमुखः २५ हजार

उपप्रमुखः २० हजार

वडाअध्यक्षः १५ हजार

बैठक भत्ता १ हजार

नयाँ पत्रिकामा खबर छ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved