मुख्य राजनीतिक दललाई फोरम लोकतान्त्रिकको यस्तो गाली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 08, 2017 | 07:44:18 AM मा प्रकाशित

laxmi  sunrise bank

 कांग्रेसः द्वैध र ढुलमुले

 कांग्रेसको नीतिमा कहिल्यै स्पष्टता र स्थिरता आएन । कांग्रेसले जहिले पनि द्वैध र ढुलमुले चरित्र प्रदर्शन गर्दा नेपाली राजनीति अस्थिर र अन्योल रहने गरेको छ । ०४९ सालमा कांग्रेसले स्थानीय निकायको धेरै ठाउँमा जिते पनि जनताको चाहनाअनुसार काम गर्न सकेन । मुलुकलाई अपेक्षाकृत विकासको बाटोमा अघि बढाउन सकेन र भ्रष्टाचारलाई बढावा दियो । गरिबको पार्टी कहिल्यै बनेन र बन्न पनि चाहेन । आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम तथा पिछडावर्गको उत्थानका लागि कुनै नीति कार्यक्रम ल्याउन चाहेन र न चाहना छ ।

 एमालेः अनुदार र यथास्थितिवादी

 केन्द्रीय राजनीतिमा सबैभन्दा बढी अनुदार र यथास्थितिवादी एमाले चर्को रूपमा संघीयता, समानुपातिक समावेशिताको विरुद्धमा खनिएको छ । तराई, मधेस र पहाडको बीचमा विभाजन ल्याउन खोज्ने र मुलुकमा राजनीतिक, जातीय र भौगोलिक द्वन्द्व एवं भीडन्त चर्काउन एमालेले भूमिका निभाइरहेको छ । ऊ संविधान संशोधनविरुद्ध र नेपाली जनताको पहिचान र अधिकारविरुद्ध लागेको छ । विगत एक दशकदेखि निरन्तर दैनिक अठार घन्टासम्म नक्कली लोडसेडिङ गराई निर्दोष नेपाली जनतालाई अँध्यारोमा बस्न बाध्यकारी अवस्थाको सिर्जना गराउने योजना एमालेकै छत्रछहारीमा भएको देखिन्छ ।

 माओवादी केन्द्रः तीव्र एमालेकरण

 स्थानीय निकाय सञ्चालनको अनुभव नभएको माओवादी केन्द्रले जनयुद्धकालमा परिवर्तनका लागि ऐतिहासिक भूमिका खेलेको बताए पनि गरिब जनता जहाँको त्यहीँ रहे । चार शीर्ष नेतृत्वको व्यक्तिगत स्वार्थमा पार्टीलाई चिराचिरा पारेर हजारौँ सहिदको बलिदानीलाई धुलोमाटो चटाएका छन् । यस पार्टीको कुनै स्पष्ट सिद्धान्त र दृष्टिकोण देखिँदैन । माओवाद र साम्यवादले पुँजीवादको मन्द विषपान गरिसकेको छ । द्रुत गतिमा यो पार्टी एमालेकरण भइरहेको छ । एमालेकरण हुनबाट आफूलाई जोगाउन सकेन भने यसको विघटन अवश्यम्भावी छ । यस पार्टीको नेतृत्व चरम ढुलमुले देखिएको छ, कतिवेला के बोल्छ, के सोच्छ र के गर्छ, त्यसको आँकलनसम्म गर्न गाह्रो छ । नयाँ पत्रिकामा खबर छ ।

 राप्रपाः परिवर्तनको एजेन्डा आत्मसात गर्न नसक्ने

 नेपालको राष्ट्रिय जनावर ‘गाई’ चुनाव चिह्नको नाजायज फाइदा उठाएर रूगा (रूख र गाई) र सुगा (सूर्य र गाई)को जोडबलबाट संसद्मा चौथो स्थान प्राप्त गरे पनि विचार र एजेन्डाको हिसाबले अनुदारवादी र यथास्थितिवादी छ । बदलिँदो परिवेशमा जनताको पक्षमा आफूलाई रूपान्तरण गर्न असमर्थ देखिन्छ । परिवर्तनका एजेन्डालाई आत्मसात र स्वीकार गर्न नसकेको देखिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved