यी भलिवल सुन्दरीलाई पनि लाग्यो चुनाव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 08, 2017 | 07:55:42 AM मा प्रकाशित

laxmi  sunrise bank

‘भलिवल सुन्दरी‘को उपमा पाएकी सिपोरा गुरुङलाई यतिबेला राजनीति लागेको छ ।

केही चलचित्रकी नायिका समेत रहकेी सिपोरा चुनावी सभातिर बढी देखिन्छिन् । आफ्ना आफन्त सरस्वती गुरुङ कांग्रेसबाट पोखराको उपमेयरमा उठेपछि उनलाई राजनीतिक कार्यक्रमले तानेको हो ।

राजनीतिक आस्थाको आधारमा भने प्रचारमा नहिँडेको उनले बताइन् । ‘पार्टीभन्दा पनि राम्रो मान्छेलाई जिताउनुपर्छ भनेर लागेकी हुँ ।’ उनले भनिन्, ‘फेसबुकमा स्टाटस लेखेर नेतालाई गाली गर्दैमा चेन्ज आउनेवाला छैन, चेन्ज ल्याउन युवा फिल्डमै उत्रिनुपर्छ ।’ कान्तिपुरमा खबर छ ।

राजनीतिमा इन्ट्रस्ट रहेको बताउने सिपोरालाई भविष्यमा नेता बन्ने मन छ । ‘पछि के हुन्छ थाहा छैन, तर इन्ट्रेस्ट छ’ उनले भनिन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved