ठमेलमा दीपक मनाङे समातिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 08, 2017 | 08:16:46 AM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित गुण्डा नाइके दीपक  मनाङे आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ परेका छन् । 

वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तयार पारेको लिस्ट अनुसार मनाङ्गे पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङ्गेसहितको केही युवालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिए । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।

मनाङ्गेलाई प्रहरीले ठमेल एरियामा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । चुनावी सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरीले पक्राउ गर्नेको लिस्ट नै तयार पारेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved