लाइसेन्स माग्दै १६ कम्पनी पुगे बिमा समितिमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 08, 2017 | 08:33:46 AM मा प्रकाशित

laxmi  sunrise bank

बिमा व्यवसाय सञ्चालनका लागि अनुमतिपत्र माग गर्दै १६ वटा कम्पनी बिमा समिति पुगेका छन् ।समितिको निर्देशनअनुसार कम्पनीहरू अद्यावधिक भइ समितिमा पुगेका हुन् । यसअघि नै कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भइ समितिमा पुगेका कम्पनीलाई २१ दिनको अवधि दिएर समितिले परिमार्जनसहित कागजपत्र बुझाउन निर्देशन दिएको थियो ।

कागजपत्र बुझाउने अन्तिम दिन आइतबारसम्म १२ वटा जीवन र ४ वटा निर्जीवन कम्पनीले कागजपत्र बुझाएका हुन् । समितिको चैत ३० मा बसेको सञ्चालक समिति बैठकले नयाँ बिमा कम्पनीको लाइसेन्स खुला गर्ने निर्णय गरेको थियो । समितिले यसअघि नै रजिष्ट्रार कार्यालयमा दर्ता भइ बसेका कम्पनीलाई मात्र लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो । 

सोही बमोजिम समितिले वैशाख ३ गते सबै कम्पनीलाई पत्राचार गरेको थियो । कम्पनीहरूलाई १० वर्षअघि दर्ता भएकाले समितिको नयाँ मापदण्डसहित परिमार्जित भएर आउन तीन हप्ताको समय दिइएको थियो । 

कम्पनी रजिष्ट्रारको कार्यालयमा १७ वटा कम्पनी दर्ता भए पनि १६ वटा कम्पनी मात्रै समितिमा पुनः दर्ता भएका हुन् । निर्जीवन बिमा व्यवसायका लागि दर्ता भएको आइडियल जनरल इन्स्योरेन्सलाई रजिष्ट्रार कार्यालयले नै खारेजी गरेको थियो । 

समितिका अनुसार जीवन बिमा व्यवसायका लागि सिटिजन लाइफ इन्स्योरेन्स, स्टार लाइफ इन्स्योरेन्स, सननेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स र युनिलाइफ इन्स्योरेन्स कम्पनी दर्ता भएका छन् । त्यस्तै, निर्जीवन बिमा व्यवसायका लागि सानिमा, अजोड, मनकामना र  जनरल इन्स्योरेन्स कम्पनी दर्ता भएका छन् । कारोबार दैनिकमा खबर छ

दर्ता भएका कम्पनीको अध्ययन गरेर मात्रै लाइसेन्स प्रदान गरिने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । “तत्काल अध्ययन गर्न सुरु गर्नेछौं, हामीले तोकेको मापदण्ड पुरा गरेका र बिमा ऐनअनुसार दर्ता भएका कम्पनीलाई जतिसक्दो छिटो लाइसेन्स प्रदान गर्नेछौं,”  उनले भने ।

निवेदन दिएका जीवन बिमा कम्पनीको हकमा लाइसेन्सका लागि समितिले अर्थ मन्त्रालयमा सिफारिस गर्नेछ । समितिको सिफारिसमा मन्त्रालयले नै लाइसेन्स प्रदान गर्नेछ । त्यस्तै, निर्जीवन बिमा कम्पनीको हकमा भने समितिले नै लाइसेन्स प्रदान गर्नेछ । 

रजिष्ट्रार कार्यालयमा दर्ता भएका पुराना कम्पनीलाई समितिले तत्काल लाइसेन्स वितरण गर्ने भए पनि नयाँ दर्ता हुन आउने कम्पनीको हकमा भने समितिले छुट्टै अध्ययन समिति निर्माण गरेको छ । 

अध्ययन समितिले प्रस्तुत गरेको अन्तरिम प्रतिवेदनअनुसार तत्कालका लागि नयाँ दर्ता हुन आउने कम्पनीलाई लाइसेन्स वितरण नगर्ने समितिले निर्णय गरेको छ । तीन महिनापछि उक्त समितिले पुनः बजारको अध्ययन गरेर प्रतिवेदन प्रस्तुत गर्ने भएको छ । 


समितिमा निवेदन दिएका बिमा कम्पनीहरू 

जीवन बिमा कम्पनी    

आईएमई लाइफ इन्स्योरेन्स    

रिलायन्स लाइफ इन्स्योरेन्स     

महालक्ष्मी लाइफ इन्स्योरेन्स    

सानिमा लाइफ इन्स्योरेन्स  

सननेपाल लाइफ इन्स्योरेन्स    

स्टार लाइफ इन्स्योरेन्स    

सिटिजन्स लाइफ इन्स्योरेन्स     

रिलायबल लाइफ इन्स्योरेन्स     

स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स    

ज्योति लाइफ इन्स्योरेन्स    

युनियन लाइफ इन्स्योरेन्स    

युनिलाइफ इन्स्योरेन्स    


निर्जीवन बिमा कम्पनी 

सानिमा इन्स्योरेन्स 

अजोड इन्स्योरेन्स 

जनरल इन्स्योरेन्स

मनकामना इन्स्योरेन्स  

स्रोत: बिमा समिति

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved