हाइटेक प्रचार शैलीमा साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 10, 2017 | 09:28:47 AM मा प्रकाशित

laxmi  sunrise bank

साझा पार्टीबाट मेयरका उम्मेदवार किशोर थापाले भने प्रचारप्रसारमा हाइटेक प्रविधिलाई बढी जोड दिएका छन् । घरदैलो कार्यक्रम खर्चिलो र पुरानो शैली भएकाले यसमा त्यति ध्यान नदिएको उनले बताए ।

विशेषगरी उनले फेसबुक र ट्विटरलाई धेरै प्रयोग गरेका छन् । कार्यकर्तामार्फत महानगरभित्रका मतदातालाई टेलिफोन गरेर भोट माग्ने प्रक्रिया पनि अपनाएका छन् । यसरी उनले दैनिक चार हजारभन्दा धेरै मतदातालाई फोन गर्ने गर्छन् ।

‘घरदैलो कार्यक्रम पुरानो शैली हो । यसमा खर्च पनि धेरै छ । त्यसको ठाउँमा हामीले प्रविधि प्रयोग गरेका छौँ । फेसबुक र ट्विटर यसमा धेरै प्रयोग भएका छन् । मिडियासँगको अन्तर्वार्तालाई पनि उत्तिकै प्रयोग गरेका छौँ,’ उनले भने । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved