निर्वाचन प्रचार प्रसार सूरु भएपछि कहाँ कहाँ भए झडप ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 12, 2017 | 07:18:31 AM मा प्रकाशित

laxmi  sunrise bank

गृहको तथ्यांक अनुसार स्थानीय तह निर्वाचन प्रचार प्रसार सूरु भएपछि दाङ, गोरखा, धादिङ, डोल्पा, नुवाकोट र दोलखामा झडप भएका छन् । झडपको क्रममा दोलखामा एक जनाको मृत्यु भएको छ ।

गृहका अनुसार रुकम र गोरखामा सत्ताधारी दल माओवादी र कांग्रेसकाा समर्थतबीच झडप हुँदा स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको थियो ।
कहा कहाँ भयो  झडप  ? 
२७ गते गोरखाकै लक्ष्मीबजारमा नयाँ शक्ति नेपाल र माओवादीका कार्यकर्ताबची झडप भएको थियो ।
२६ गते रुकमको सनोभेरी गाउँपालिकाको चुनावी कार्यक्रममा हिडेको कांग्रेस कार्यकर्तालाई माओवादी कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेपछि दुवै पक्षमा झडपमा उत्रिएका थिए ।
दाङको मुसिकोट नगरपालिकामाा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना प्रहरी घाईते भएका थिए ।
दोलखाको जुगुमा एमाले र माओवादी केन्द्रका समर्थकबीच झडपमा गौरीशंकर गाउँपालिका २ का वडा सदस्यका उम्मेदवारी गोरे तामाङका छोरा कुलबहादुर तामाङको मृत्यु भयो ।
धादिङको गजुरी गाउँपालिकामा माओवादी केन्द्र र एमाालेका समर्थकबीच झडप भएको थियो ।
यस्तै भरतपुर महानगरपालिका मेयर उम्मेदवारी रेणाु दाहालको प्रचारमा प्रयोग भएको गाडी जलाइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved