निर्वाचनलाई मौसमको चुनौती, मेघगर्जनसहित वर्षा हुने अनुमान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 12, 2017 | 07:27:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशाखमा पूर्वी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान गरेको छ । त्यस दिन दिउँसो र बेलुका वर्षा हुने अनुमान छ । ‘वर्षाले निर्वाचनमा मतदातालाई असर गर्ने देखिन्छ । तर, मनसुनको समयजस्तो लामो अवधि नभएर छोटो अवधिको वर्षा हुने अनुमान छ,’ महाशाखाका मौसमविज्ञ समीर श्रेष्ठले भने ।

-विभागका अनुसार शुक्रबार काठमाडांै उपत्यकासहित देशभरको मौसममा आंशिक बदली हुनेछ । मध्य र पूर्वी नेपालमा भने मेघगर्जनसहित वर्षा पनि हुनेछ । ३१ वैशाखसम्म छिटफुट रूपमा वर्षा भइरहने मौसमविद् श्रेष्ठले बताए । सबैभन्दा धेरै वर्षा दिपायलमा २२ मिलिमिटर, ताप्लेजुङमा १५ मिलिमिटर र डडेल्धुरामा ५ मिलिमिटर वर्षा भएको छ । अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिमी क्षेत्रमा कम वर्षा हुने देखिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved