उम्मेदवार नभएको चिन्हमा सबभन्दा बढी भोट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 16, 2017 | 09:12:57 AM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भयो जसअनुसार एमालेले उपमेयरमा राप्रपालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थियो । अर्थात् ललितपुर महानगरमा एमालेका उपमेयर उम्मेदवार नै थिएनन् । तर, वडा नं १ को मतगणना गर्दा उपमेयरमा एमालेले सबभन्दा बढी मत पाएको छ।

एमालेले यो पदमा १ सय ३३ मत पायो भने राप्रपाका उपमेयर उम्मदेवार बाबुकाजी प्रधानले ८९ मत मात्रै पाए । आफूलाई भन्दा उम्मेदवार नै नभएको सूर्य चिह्नमा बढी मत आएको देखेपछि प्रधानले असन्तुष्टि प्रकट गरेका छन् । ‘सहमति गरेर अन्तिममा धोका दिए,’ उनले भने, ‘यसमा गम्भीर आपत्ति छ ।’

उक्त वडामा कांग्रेसका निर्मल तण्डुकार ६ सय ९२ मत ल्याएर विजयी भएका छन् । तण्डुकारले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रमेश महर्जनलाई १६२ मतअन्तरले हराए । माओवादी केन्द्रका उम्मेदवार अर्जुन तण्डुकारले २८१ मत ल्याए । यो वडामा दलित महिला सदस्यमा नयाँ शक्तिकी विनाकुमारी पोडे निर्विरोध भइसकेकी छन् । महानगरको प्रारम्भिक मतगणनामा मेयरमा एमालेले अग्रता लिएको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ ।, आजको कन्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved