निर्बाचनले बढायो मूल्य वृद्धि दर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 17, 2017 | 08:23:58 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको निर्वाचनको तयारी थालिएसँगै त्यसको असर मूल्यवृद्धिमा परेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा मूल्यवृद्धिमा चाप परेको देखाएको हो ।

चालू वर्षको सुरुवातदेखि नै मूल्यवृद्धि दर घट्दै गएकोमा चैतमा भने बढेको छ । फागुनमा २.९ प्रतिशतमा सीमित भएको उपभोक्ता मुद्रास्फीति चैतमा भने ३.८ प्रतिशत पुगेको छ । सामान्यतया एउटा महिनासँग अर्को महिनाको मूल्यवृद्धिको रफ्तार तुलना गर्न मिल्दैन ।

खासगरी मूल्यवृद्धि हुनु वा घट्नुमा वस्तु तथा सेवाको उपलब्धता जिम्मेवार रहन्छ । तर, क्रमशः मूल्यवृद्धि घटिरहेको स्थितिमा एकाएक मूल्यवृद्धि भएपनि केन्द्रिय बैंकले तुलना गरेको छ । 

तीन महिनाअघि सरकारले निर्वाचनको घोषणा गरेको र त्यसका लागि सरकार तथा राजनीतिक दलहरूले पनि निर्वाचनमा ठूलो रकम खर्च गर्ने हुँदा त्यसको असर मूल्यवृद्धिमा देखिएको हो ।

यसअवधिमा वस्तु तथा सेवाको खपत अत्यधिक बढ्ने भएकाले त्यसको असर स्वतः मूल्यवृद्धिमा पनि पर्छ । गत आर्थिक वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण गत वर्षको चैतको तुलनामा भने यसअवधिमा एकैपटक घटेको हो । २०७२ चैतमा मुद्रास्फीति ९.७ प्रतिशत थियो ।

पछिल्ला महिनामा नेपाल र भारतबीचको मूल्यवृद्धि अन्तर बढ्दै जानुले पनि निर्वाचनलगायतको कारण देखिन्छ । वैशाखमा तीन प्रदेशको निर्वाचन घोषणा तथा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनलगायतको असर मूल्यवृद्धिमा परेको छ ।

नेपालमा मूल्य बढेसँगै नेपाल भारतबीचको मूल्यवृद्धि अन्तर बढेर ०.८ प्रतिशत विन्दु पुगेको छ । पुसमा नेपाल र भारतबीचको मूल्यवृद्धि अन्तर शून्यमा पुगेको थियो । त्यतिबेला नेपाल र भारतमा मूल्यवृद्धि दर ३.२ प्रतिशत थियो ।

पुसमा शून्यमा झरेको दुई मुलुकबीचको मुद्रास्फीति दर माघमा ०.४ प्रतिशतको अन्तर भएको थियो । गत आर्थिक वर्षमा भारतीय सिमा नाकामा अवरोध भएपछि नेपालमा व्यापारको सहज वातावरण नभए पनि नेपाल भारतबिचको मूल्यवृद्धि अन्तर उच्च तहमा पुगेको थियो । त्यतिबेला नेपालकै मूल्यवृद्धि दर १२.१ प्रतिशतसम्म पुगेको थियो भने मूल्यवृद्धि अन्तर ६.४ प्रतिशतसम्म पुगेको थियो । कारोबार दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved