स्थानीय तह निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएकोमा सराहना गर्दै अमेरिकाले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन पनि यसैगरी सफल पार्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।
पहिलो चरणको निर्वाचन सफल पार्न नेपाल सरकार निर्वाच आयग, नागरिक समाज, राजनीतिक दल, तथा प्रदेश ३ ४ ६ का सबै सरोकारवालाले गरेको प्रयत्नको अमेरिकाले मंगलबार विज्ञप्तीमार्फत सराहना गरेको हो ।
विज्ञप्तिमा जेठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय निर्वाचनका लागि पनि उचित वातावरण निर्माण गर्न सरोकारवाला पक्षलाई आग्रह गरिएको छ । नागरिक दैनिकमा खबर छ ।